विद्युत् प्राधिकरण र उद्योगीबीच घम्साघम्सी

राजनीति समाचार

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यतिबेला ठूला उद्योगहरुमा बिजुलीको लाइन काट्ने अभियान चलाएको छ । प्राधिकरणले लामो समयदेखि बिद्युत् महसुल नतिर्ने उद्योगहरुमा बिजुलीको लाइन् काट्ने अभियान थालेपछि उद्योगी र विद्युत् प्राधिकरणको जुहारी चल्न थालेको छ । विद्युत् प्राधिकरणले बिल काटिसकेको रकम जसरी हुन्छ उठाएरै छाड्ने अडान कसीरहँदा उद्योगीहरुले प्रमाण नदेखाएसम्म कुनै पनि हालतमा महसुल नतिर्ने भन्दै जिकिर गरिराखेका छन् ।

उद्योगीहरु पनि यतिबेला व्यापार, व्यवसाय ठप्प भएर टाट पल्टिँदै गएका छन् । अधिकांश सिमेन्ट उद्योगीहरुले उत्पादन गरेको सिमेन्ट स्वदेशमा पनि बिक्री नभएको र विदेशतिर निकासी पनि नभएको भन्दै गुनासो गरिराखेका छन् । अधिकांश सिमेन्ट र डन्डी उद्योगीहरुले विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौता लामो समयदेखि नतिरी बसेका थिए । पहिला उद्योग फाइदामा हुँदा ती उद्योगीहरुले विद्युत् महसुल तिर्न आनकानी गरिरहेका थिए भने अहिले उद्योग घाटामा गएको बेला तिर्ने कुरै छैन । उद्योगीहरुले उत्पादन गरेका सिमेन्ट र डन्डी मूल्य घटाएर विक्रीवितरण गर्न थालेका छन् । कुनै बेला उपभोक्ताले खरिद गर्दा प्रति बोरा ११ सयमा किनबेच हुने सिमेन्ट अहिले प्रतिबोरा ५ सय ५० रुपैयाँमा किनबेच हुन थालेको छ ।

नेपालमा सञ्चालित सिमेन्ट उद्योगमा भारतले एक छत्र राज गरेपछि चाइनाले पनि नेपालमा ह्वाङ्सी सिमेन्ट उद्योग खोलेर बजारमा प्रतिस्पर्धा गराएको थियो । एकातिर उद्योगीहरुको अस्वस्थ प्रतिस्पर्धा छ भने अर्कोतिर भारतीय र चाइनिज उद्योगीहरुबीच प्रतिस्पर्धा चलिरहेको छ । उद्योगधन्दा सञ्चालनमा अस्वस्थ प्रतिस्पर्धा चलिरहँदा नेपाल सरकारले गर्नुपर्ने विकास निर्माणका काममा समेत बाधा पर्न थालेको छ । आर्थिकमन्दीले गर्दा ठूला विकासे आयोजनाहरु पुरा हुन सकेका छैनन् ।

पुरा भएका आयोजनाहरुले पनि सिमेन्ट, रड, बालुवा, गिट्टी उत्पादन गर्ने कम्पनीहरुलाई ठेकेदारहरुले भुक्तानी दिन नसक्दा उनीहरुको उत्पादन पनि घट्दै गएको छ । अधिकांश उद्योगी, व्यापारीहरुले कर्मचारी कटौती पनि गर्न थालेका छन् । उता विद्युत् प्राधिकरणभित्र हुने विकृति, विसंगति र भष्टाचारको चाङहरुको त कुृरै नगरौं । प्राधिकरणभित्रका ठूला–ठूला विद्युत उत्पादन आयोजनाहरुमा वर्षेनी लागत बढेर जाने र समयमा काम पुरा नहुने रोग पहिलादेखिकै हो । प्राधिकरणभित्रका उच्च पदस्थ कर्मचारीहरुको मिलेमतोमा भ्रष्टाचार हुँदा पनि सम्बन्धित निकायले छानविन गर्न सकेको छैन । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बन्दै गरेका विद्युत आयोजना र हाइड्रोपावर कम्पनीहरुबाट नियमित आउने कमिसनले मालामाल भइरहेका छन् ।

घिसिङले विद्युत् प्राधिकरणभित्रको विभिन्न ठेक्का पट्टा पनि आफ्नै दाजुले सञ्चालन गरेको कम्पनीलाई दिएर फाइदा उठाइरहेका छन् । अन्य नयाँ विद्युत आयोजनाहरुबाट पनि घिसिङलाई राम्रो कमिसन आउने गर्दछ । इजीमनीबाटै मालामाल हुने भएपछि कर्मचारीहरुबाट प्राधिकरणभित्र हुने भ्रष्टाचार विकृतिप्रति कसले ध्यान दिने ? विद्युत् प्राधिकरणभित्र राजनीतिक दलनिकट कर्मचारी युनियनहरुको आडमा भष्टाचारलाई ढाकछोप गर्ने काम हुँदै आएको छ ।

विद्युतका कर्मचारीहरुले ओभरटाइम, खाजा भत्ता, डे«ेस खर्च, यातायात खर्च, बत्तीको लाइन, महसुल, महंगीभत्तालगायत वर्षमा १८÷१९ महिनाको तलब बराबरको सुविधा लिँदै आएका छन् । विद्युत प्राधिकरण केन्द्रीय कार्यालय रत्नपार्कका कर्मचारीहरुले अझ बिनाकाम बिहान ६ बजेदेखि ९ बजेसम्म हरेक दिनको ओभरटाइम भत्ता पाउने गरेका छन् ।

रत्नपार्क केन्द्रीय कार्यालयका प्रशासन, स्टोर र लेखाशाखाका कर्मचारीहरु बिहान ६ बजे अफिस पुगेर हाजिर गर्छन् फर्केर घर जान्छन् खाना खान्छन् फेरि ९ बजे अफिस जाने गरेका छन् । यसरी रत्नपार्क केन्द्रीय कार्यालयमा कार्यरत अधिकांश कर्मचारीहरुले महिनामा ७५ देखि ८५ घण्टाको ओभरटाइमको सुविधा लिने गरेका छन् । सधैं बिहानैदेखि अफिस खुलाएर के काम भइरहेको छ भन्ने ज्ञान समेत नभएका प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ध्यान दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *