सहकारी विभागको लापरबाहीले ठगलाई हाइसन्चो

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौं । यतिबेला सबैतिर सहकारीको ठगी प्रकरणले चर्चा पाएको छ । सहकारीका सञ्चालकहरुले बचतकर्ताको पैसा हिनामिना गरेर धमाधम भाग्न थालेपछि सबैतिर आतंक मच्चिएको छ । अहिले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव पिताम्बर घिमिरे सहकारी विभागको रजिष्ट्रारमा कार्यरत छन् । सहकारी सञ्चालकहरुले सर्वसाधारणको पैसा हिनामिना गरेर भागिरहँदा रजिष्ट्रार घिमिरेले रोकथामको लागि कुनै पहलकदमी गरेको पाइँदैन ।

हुन त घिमिरे पनि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयअन्तर्गतको मालपोत विभागमा महानिर्देशक हुँदा देशैभरिका मालपोत अधिकृतहरुलाई थर्काएर रकम असुली गर्ने व्यक्ति हुन् भनिन्छ । घिमिरे मालपोत विभागको महानिर्देशक हुँदा सोही विभागका अधिकृत चुडामणि चापागाईँलाई उठ्तीपुठ्तीमा खटाउने गरेको आरोप छ ।

अहिले उनै घिमिरे सहकारी विभागको रजिष्टार हुँदा पनि सहकारी सञ्चालकहरुसँग मिलेर केही रकम हात पारिरहेको बताइन्छ । किन कि घिमिरेले देशैभरी सञ्चालित सहकारी र फाइनान्स कम्पनीहरु भागिरहँदा त्यसको वास्तविकता पत्ता लगाएर कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै तिनै भगौडा सञ्चालकहरुलाई संरक्षण गरेर उम्काउने र कमिसन खाने गरेको पीडितहरुको गुनासो छ । हुन पनि अहिले सहकारी र फाइनान्स कम्पनी सञ्चालन गर्नेहरुमा त्यही प्रवृत्ति देखिएको छ ।

सरकारले पनि अन्य कार्यालयमा रहँदा विवादमा मुछिएका भ्रष्ट व्यक्तिहरुलाई घुमाइफिराई सरुवा गरेर नियमनकारी ठाउँमा पु¥याउने कारणले देशमा बेथिति र विकृति फैलिँदै गएको छ । अहिले स्वच्छ छविका व्यक्ति सहकारी विभागको रजिष्टरमा नहुँदा देशैभरीका सहकारी पीडितहरुको रुवावासी भएको छ । उता सहकारी विभागका रजिष्ट्रार घिमिरेका मालपोतमा हुँदाको सहयोगी चुडामणि चापागाईँ बढुवा भएर गृह मन्त्रालय पुगेका छन् । अब चापागाईँ गृहबाट कहाँ कहाँ पुग्ने हुन्, कति आतंक मच्चाउने हुन् त्यो भने हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *