नविनको ‘१८ कट्यौं कि कटेनौं’ गीतको चर्चा सबैतिर

राजनीति समाचार

काठमाडौं । गत मंसिर ११ गते मलेसियामा भएको ‘तेश्रो संस्करणको ‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३’ को जुरी चर्चित गायक नविन कुमार पौडेल रहेका थिए । उक्त अवार्ड कार्यक्रममा जुरी रहेका गायक नविन कुमार पौडेलले आफ्नै चर्चित गीत ‘१८ कट्यौं कि कटेनौं’ गाएर मलेसियामा रहेका नेपाली दर्शक-स्रोताहरुलाई नचाउनुका साथै सहभागी सबैको मन जित्न सफल भएका थिए ।

सो गीत प्रस्तुत गरिसकेपछि गायक पौडेललाई मलेसियाको लागि महामहिम नेपाली राजदूत डिल्ली राज पौडेलले भेटेर बधाई तथा शुभकामना दिएका थिए । सोही अवार्ड कार्यक्रम पुनः यहीं पुस १३ गते शुक्रबार नेपालको राष्ट्रिय नाचघर जमलमा पनि भएको थियो ।

मलेसियापछि पुनः नेपालमा गरिएको सो अवार्ड कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अवार्ड कार्यक्रमको जुरी गायक नविन कुमार पौडेलले नेपालमा पनि आफ्नो गीतको बेजोड प्रतिसुस्ती गरेका थिए ।

आफ्नो गायन प्रस्तुतीले गायक पौडेलले अग्रज कलाकारहरुको साथै अवार्ड विजेता र दर्शक÷स्रोताहरुको मन जितेका थिए । मीठो स्वरका धनी गायक पौडेलले यसअघि पनि आफ्ना थुप्रै गीतमा प्रस्तुती गरिसकेका छन् । पौडेलका दर्जनौं चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा सार्वजनिक भइसकेका छन् । पछिल्लो पटक भने ‘१८ कट्यौं कि कटेनौं’ बोलको गीतले स्वदेश तथा विदेशमा रहेका नेपाली गीत÷संगीत पारखीको मन राम्रैसँग तानेको अनुभव गायक पौडेलले सुनाए ।

पौडेलको ‘१८ कट्यौं कि कटेनौं’ गीतले अध्ययन रोजगारीको लागि विदेशमा रहेका नेपाली गीत÷संगीत पारखीले अत्यन्तै मन पराएका छन् । पौडेलको गायकीपन, शब्द चयन र संगीतको कारण ‘१८ कट्यौं कि कटेनौं’ गीतले अहिलेका नयाँ पुस्तालाई राम्रोसँग समेटेको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *