मन्त्री बस्नेतका कारण वीरमा समस्या

राजनीति समाचार

काठमाडौ । जहाँ जे जस्तो उपकरण आवश्यक पर्छ, त्यहीँबाट स्पेसिफिकेशन प्रकाशित गर्ने र स्वीकृतिका लागि स्वास्थ्य सेवा विभाग हुँदै मन्त्रालयमा जाने परिपाटी तोडेर स्वास्थ्य मन्त्री मोहन बस्नेतले आतंक मच्चाएका छन् । प्रधानमन्त्री प्रचण्डसँगभन्दा भ्रष्ट डा.आरजु देउवासँगको सम्बन्धले मन्त्री बस्नेतले गरेका गलत निर्णय अदालतले उल्ट्याए पनि उपकरणहरुको खरिदमा भने हस्तक्षेप गरेको छैन ।

सिन्धुपाल्चोकमा प्रहरी प्रजिअ प्रत्येक कार्यालय प्रमुखहरुलाई आफ्नो अधिनमा राखेझैं वीर अस्पतालमा कार्यकारी डा.सन्तोष पौडेललाई आफ्नो अनुकूल चलाउन खोज्दा सर्वाेच्च जानुप¥यो । स्वास्थ्य मन्त्रीलाई सहयोग गर्न डा.आरजु देउवा नै तल्लीन थिइन । यसका निम्ति संगीता मिश्रलाई खटाइएको थियो । मिश्रलाई विभागबाट मन्त्रालय तानेपछि मन्त्रीकै इच्छामा वीर अस्पताललाई आवश्यक भेन्टिलेटर ६० करोडमा खरिद गर्न म्याक्सिम नामक कम्पनीलाई जिम्मा दिइएको छ ।

कोरोना संक्रमणको बेला म्याक्सिमले त्यो भेन्टिलेटर निजी अस्पताललाई बेच्दा बढीमा २८ करोडभन्दा बढीमा विक्री हुने थिएन । तर वीर अस्पतालमा भित्र्याउँदा मन्त्री बस्नेत र डा.आरजु देउवालाई बुझाउन ६० करोड मूल्य देखाइयो । यसको तारतम्यका लागि वीर प्रतिष्ठानतर्फका डा.भूपेन्द्र बस्नेत र संगीता मिश्र र एजेन्ट विष्णु न्यौपाने सक्रिय थिए । मोहन बस्नेत जहाँ भए पनि आतंक मच्चाउने गरेका छन् । विष्णु न्यौपाने स्वास्थ्य उपकरणका लगानीकर्ताका सहयोगी भएर बिचौलियाको काम गर्छन ।

अहिले स्वास्थ्य मन्त्रालयले देशभरका सरकारी अस्पतालका आवश्यक सामाग्री मन्त्रालयमार्फत खरिद गर्ने तयारी गर्दैछन् । आफ्नो पदसमेत धरापमा हुँदा मन्त्रीको हतारो र अनावश्यक दबाबको पेलानमा मिश्र परेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *