राष्ट्रिय सभामा भाग खोज्दै एमाले

राजनीति समाचार

काठमाडौं । सत्ता र शक्ति बाहेक केही नसोचने ठूला दलहरुले राष्ट्रिय सभाको गरिमा र महत्वलाई ध्यान दिएनन् । २० सिटमा कांग्रेस, माओवादी, एस र जसपाको दाउ केवल आफ्नो मात्र छ । उनहिरुले त्यही अनुसारको भाग लगाएका छन् । एमालेले सुरुमा बालुवाटार पुगेर ६ सिट माग्यो । एमालेकै ९ जना हट्दैछन् ।

विपक्षीले हरेक ठाउँमा मोलमोलाई गरेर सत्ताको सौदाबाजी गर्दा त्यो केवल झण्डा हल्लाउन नपाउने शासनको सेयर खोज्ने विपक्षी बनेको छ । तर एमालेको माग पुरा भएन । उ एक्लै उठेको छ । दलको हैसियत बिर्संदा नेकपाका घटकहरु छरिएका छन् । कांग्रेसले मौका पाएको छ ।

कुरा चर्काे गर्ने, जनताका तत्कालीन समस्यामा चासो नदिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकै कारण फेरि राजनीतिमा अस्थिरता देखिन थालेको छ । सत्ता गठबन्धन एक हुँदा राष्ट्रिय सभामा नेकपा एमाले निल हुने भएपछि अध्यक्ष केपी ओलीले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवालाई फकाएका थिए । यो काममा ओलीले संसदमा रहेको टिआरसी (सत्य निरुपण तथा मेलमिलाप) विधेयकलाई सर्वसम्मत बनाउनुपर्ने बल्छी थापेका हुन् । जबकि त्यो संसदको बहुमतद्वारा पारित गरी कार्यान्वयनमा लगे हुन्छ ।

संसदको बजेट अधिवेशनलाई कामविहीन र भत्ता प्रेमी बनाउन एमालेले प्राप्त गरेको सफलता सबैले राम्रो भनिदिनु परेको छ । एमालेकै कारण बजेट अधिवेशन कालोबजार र तस्करीमा संरक्षक बन्न पुगेको छ । संक्रमणकालीन न्याय एमालेको गुम्न लागेको राष्ट्रिय सभा सांसद पद जोखना बन्दैछ । कांग्रेसभित्र डा.शेखरले अहिलेको दाउपेच रुचाएका छैनन् । आफु पदमा हुँदा भ्रष्टाचार नियन्त्रणमा सिन्को नभाँचेको नेकपा एमाले स्वार्थका लागि लम्पसार परेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *