नोटको भन्दा सुनकै घुस

राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुमा पैसाको चलखेल चर्काे हुने गर्दछ । पैसाको कारोबारले बद्नाम हुने भएपछि केही नेताले सुनकै कारोबार गर्न थालेको चर्चा छ । भारतमा भ्रष्टाचार चर्किन थालेपछि भारत सरकारले ५ सय र एक हजारको भारतीय नोटमा प्रतिबन्ध लगायो । नेपालका अर्थमन्त्री र प्रधानमन्त्रीले कुरा चर्का गर्छन् । तर भ्रष्टाचार नियन्त्रणमा चासो दिँदैनन् ।

अहिले प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी ओलीले राष्ट्रका प्रमुख निकायहरुलाई आफ्नो अधिनमा राखेको विषयसँग यस्तै घुसखोरीको प्रसंगले स्थान पायो । राष्ट्रिय अनुसन्धान विभाग, महान्यायाधिवक्ताको कार्यालय, सम्पत्ति शुद्धीकरण विभाग र राजश्व अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालयअन्तर्गत राख्नु भनेको घुसखोरी र तस्करीतन्त्र चर्काे बनाउनु हो ।

अर्थमन्त्री डा.प्रकाशशरण महत, श्रीमती बिना महत, डा.आरजु राणा, मञ्जु खाँड नगदमा भन्दा सुनमा घुस खाने टिम हुन् । यिनीहरुकै कारण प्रचण्ड सरकारलाई तस्करको रक्षक, भ्रष्टको संरक्षक भन्न थालिएको छ । नारायण सापकोटा पनि केही समय राजश्वमा बसे तर टिक्न दिइएन । यी दुबैले डा.आरजुको दबाब सहेका थिए । यिनीहरुकै कारण अर्थका सचिव कृष्णहरि पुस्करसमेत मन्त्री महतसँग टाढिन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *