दुर्गालाई राष्ट्रिय सभामा ल्याउन माहेनक्रिमको पहल

राजनीति समाचार

काठमाडौं । कान्छी पत्नी दुर्गा पौडेललाई राष्ट्रिय सभाको सांसद बनाउन जोड दिएका एक्ला क्रान्तिकारी मोहन विक्रम सिंहलाई अहिले चिन्ता बढेको हुनुपर्छ । किनकि उनको पार्टीले एक सिट जित्न आफ्नो तर्फबाट लुम्बिनी प्रदेशमा १२९ गण्डकीमा ५७ मत गरी १८६ मत भएको पत्तो पाएका छन् कि छैनन् शंका छ ।

राष्ट्रिय जनमोर्चा, राप्रपा, नेमकिपा जस्ता पाटो संघीयता विरोधी हुन् । जनमोर्चा शुरुबाट संघीयताको विरोध पनि गर्ने सघंयी निर्वाचनसँगै प्रदेश सांसद पदमा पनि उम्मेद्वारी दिँदै आएको छ । अघिल्लो पटक राजमोले गण्डकीमा ४ जना सांसद पाएको थियो । तर संघीय संसदमा दुर्गा पौडेल एक्ली थिइन । २०७९ मा २ सिट पाएको त्यो टुक्राले बाग्लुङ १ मात्र प्राप्त गरेको छ ।

स्थानीय तहमा समेत खस्केको नेकपा मसालले राष्ट्रिय सभाको चुनावमा १ सिटको दाबी गर्दा नेपाली कांग्रेस, माओवादी, जसपा, नेकपा एसको आन्तरिक संघर्षले लोक हँसायो । कांग्रेस १०, माओवादी ६, नेकपा एकीकृत २, जसपा १ सिट गरी १९ सिटको भाग लगाइयो । माओवादी आफ्नो भागका ६ सिटमा उम्मेद्वार चयन ग¥यो ।

तर कांग्रेसमा डा.शेखर समूह ३ सिट संस्थापनको ७ सिट भाग लागेको छ । यहाँ व्यक्ति छनौट विवादमा छ । सभापति देउवाले आफ्नो शुर छाडेका छैनन् । मसालको १८६ मतको कदर कसैले गरेन । वाम एकताका बाधक मोहन विक्रम, सिपी मैनाली, नारायणमान बिजुक्छे जस्ता संसदवादी र मोहन वैद्यजस्ता क्रान्तिकारीलाई त्याग्न एमाले माओवादी किन सक्दैन ? जसको चुनावमा चर्चा हुँदैन ।

बयोवृद्ध नेता सिंहले प्रधानमन्त्रीसँग श्रीमती दुर्गालाई राष्ट्रिय सभामा लैजान आग्रह गरेका थिए । माओवादीले झक्कु सुवेदी र रेणु चन्दबाहेक ४ जना नयाँ अनुहारलाई छानेका छन् । चम्पा कार्की, श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, विष्णु विश्वकर्मा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *