एमालेमा सपार्नेभन्दा बिगार्ने बढी

राजनीति समाचार

काठमाडौं । एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको फूर्ति निकै देखिन्छ । एमाले अध्यक्ष केपी ओली गत फागुन ११ बाट रित्तिने राष्ट्रियसभा सांसदका लागि सत्ता गठबन्धनसँग भित्रभित्र अझै गुहार भाग्दैछन् । तर राजेन्द्र गौतमले एमालेमा कसैसँग बिन्ती पत्र हाल्दैन भन्दैछन् । सत्तापक्षले नचाहे एमालेको एक सिट आउँदैन । र सिटमा सीमिति हुन्छ ।

एमालेले टिआरसी विधेयकको सहारा लिएको छ । त्यो विधेयक बहुमतबाट पािरति गर्न सकिन्छ । तर प्रधानमन्त्रीले सहमतिका आधारमा काम गर्न अग्रसरता देखाए । आफ्नो भागमा परेको संसदीय समितिमा राप्रपाका दीपक सिंहलाई सभापति दिनुपनि प्रमको त्याग हो । एमाले, कांग्रेस हामी ठूला भन्छन् । तर तिनले आफ्नो भागमा रास्वपा र राप्रपालाई ल्याएनन् ।

विगतमा वामदेव गौतम, माधव नेपाल हुँदै भ्रष्ट शिरोमणि ईश्वर पोखरेलका पिएन बनेर तस्कर र भ्रष्टसँग पैसा उठाउँदै पोखरेललाई बुझाउने राजेन्द्रले प्रचार विभाग प्रमुख पाउनुका पछाडि ईश्वरको देन हो । सूर्य थापा र राजेन्द्र ईश्वरका सेवक हुन् । उनीहरुको बोलीले एमालेलाई बढाउँदैन, सिध्याउँछ । अध्यक्ष केपी ओली हामीलाई नछुटाउँ भन्छन्, बालुवाटार पुग्छन् । राजेन्द्रहरु एमाले कसैलाई बिन्तीपत्र दिँदैन भन्छन् । यस्तैले बिगार्ने हुन् वाम सहकार्र्यको विन्दु ।

एमालेलाई साथ लिन सत्तापक्ष चाहान्छ भने उसैका ९ सिट मध्ये ३ सिट दिने माओवादी, कांग्रेस, समाजवादी र जसपालाई भाग लगाउने हो र संसद संख्या हेर्ने हो भने नेपाली कांग्रेस ३, माओवादी २, समाजवादी, जसपा १÷१ सिट थप्नु राम्रो हो । वामपन्थीका नाममा मसाल बोकेर माओवादीलाई केही हुँदैन बरु एमालेसँग मिल्न सहज हुन्छ । एमालेभित्र छुद्र सूर्य थापा, गोकुल बाँस्कोटाहरुको बोलीले केपी ओलीको हैसियत घट्दो छ । यो सत्य केपीले कसरी लिए । ईश्वरका पिएन राजेन्द्रको घमण्डले गुप्तबहादुर श्रेष्ठहरुले सिध्याइदिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *