व्यापारीलाई पक्षपोषण गर्ने सचिव र सहसचिव फन्दामा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । व्यापारीहरुको हित र पक्षपोषणमा काम गर्दै आएका नेपाल सरकारका एक सचिव र अर्काे सहसचिवविरुद्ध अख्तियारमा उजुरी परेको छ । मारवाडी व्यापारीहरु रहेको शंकर गु्रपको पक्षपोषण हुने गरी काम गर्दै आएका दुई कर्मचारीहरु अख्तियारमा उजुरी परेको हो । शंकर ग्रुपलाई केन्द्रमा राखेर उनीहरुलाई सिधा लाभ पुग्ने गरी काम गर्दै आएका यी दुई प्रशासकविरुद्ध अख्तियार गुहारिएको हो ।

यही समूहले केही अघिमात्र सरकारी कम्पनीको व्यवसाय खोसेर हिमालयन रि इन्स्योरेन्स चलाउँदै आएको छ । हिमालयन रिइन्सुरेन्सको मुख्य लगानीकर्ता हो, शंकर समूह। शंकर समूहका सुलभ–शाहिल अग्रवाल दाजुभाइकै पहलमा हिमालयन रिइन्सुरेन्सले अनुमति पाएको थियो । हिमालयन रिइन्सुरेन्समा शंकर समूह बाहेक प्रभावशाली व्यवसायीहरूको पनि लगानी छ। राजनीतिक–व्यावसायिक वृत्तमा चर्चित दीपक भट्टको कम्पनी इन्फिनिटी होल्डिङ्सका नाममा हिमालयन रिइन्सुरेन्समा ६.४३ प्रतिशत शेयर लगानी छ।

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरू शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल, पूर्व अध्यक्ष सतिश मोर, व्यवसायीहरू विकास दुगर, शशीकान्त अग्रवाल र कैलाश सिरोहिया समेत लगानी रहेको कम्पनी हो । यही पक्षको पक्षपोषण हुने गरी नेपाल सरकारका सचिव फणिन्द्र गौतम र सहसचिव रितेश शाक्य काम गर्दै आएको भन्दै उनीहरु विरुद्ध सेयर लगानीकर्ता सानु गुरुङ अख्तियार पुगेका हुन । गुरुङ्गले अख्तियारमा दिएको उजुरीको दर्ता नम्बर सी–०३७३५८ रहेको छ । उजुरीमा शक्ति समूहको स्वार्थमा निर्णय गरेको उल्लेख छ ।

कानून मन्त्रालयका तत्कालिन सहसचिव फणिन्द्र गौतम २०७५ फागुन १० गतेदेखि तत्कालिन बीमा समितिमा सञ्चालक भएका थिए । त्यो समयमा उनी र समितिका अध्यक्ष चिरन्जीवी चापागाईको सहयोगमा हिमालयन रि–इन्स्योरेन्सलाई लाइसेन्स दिएको उजुरीमा उल्लेख छ । हिमालयन रि इन्स्योरेन्सलाई २०७८ सालमा लाइसेन्स दिएको छ । यस्तै अर्थ मन्त्रालयको प्रतिनिधित्व गर्दै रितेश शाक्य २०७८ को अन्त्य तिर बीमा समितिमा बोर्ड सदस्य भए पछि उनको नेतृत्वमा निर्देशिका बनाई बीमा समितिले सरकारी पुनर बीमा कम्पनीको काम खोसेर हिमालयन रि–इन्स्योरेन्सलाई आधा आधा दिएका थिए ।

२०७९ सालमा नेपालमा बीमा कम्पनी धेरै भएर मर्ज गरिदै गर्दा शाक्यको दबाब र नेतृत्वमा क्षेत्रीय लघु बीमाका नाममा पुन बीमा कम्पनीको लाइसेन्स खुलाउने कार्य भयो । त्यो बेला एकै व्यापारिक समूहको ५ कम्पनीलाई छानीछानी लघु बीमा कम्पनीको लाइसेन्स दिएको थियो । यस्का अलवा रितेश शाक्य एनसेल कर छलीमा समेत संग्लग्न रहेको आरोप लगाइएको छ ।

उता,अख्तियारमा छानबिन चलिरहेका सहसचिवलाई नेपाल बैंकको निर्देशकको उपहार दिएका छन् अर्थमन्त्री प्रकाशशरण महतले । टेरामेक्सको प्रकरणमा अख्तियारको छानबिनको दायरामा रहेका र टंगालमा पुगेर बयान दिइरहेका उत्तर कुमार खत्रीलाई नेपाल बैंकको निर्देशकको जिम्मेवारी दिएका हुन मन्त्री महतले ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *