एनजीओ आईएनजीओका कारण नेपालको संस्कृति धरापमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । राजनीतिक दलहरु विदेशिको इसारमा चल्दा नेपालमा अधिकांश एनजीओ आईएनजीओ खोल्नेको ताँती नै लागेको छ । एनजीओ आईएनजीओमा आबद्ध व्यक्तिहरुले केन्द्र, प्रदेशहुँदै स्थानीय तहसम्म चुनाव जित्ने गरेका छन् । अहिले ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरुमा अधिकांश एनजीओ आईएनजीओबाट राजनीतिमा आएकाहरुले निर्वाचन जितेका छन् ।

राजनीतिक दलहरुले पनि टिकट दिँदा प्रायःजसो एनजीओ आईएनजीओमार्फत गाउँ–गाउँमा जनतामाझ घुलमिल हुने र केही न केही विकास निर्माणमा सहभागी हुने गरेका व्यक्तिलाई छनोट गरेका छन् । टिपिकल राजनीतिक गरेर सहर बजारमा बस्ने, बिहान, बेलुका नेताहरुको घर चहार्ने र आफ्नो जिल्ला वा पालिकाको विकास निर्माणको काममा ठेक्कापट्टा लिने र अर्कोलाई काम लगाएर कमिसन खाने व्यक्तिहरुले प्रायःजसो चुनाव जित्न सकेका छैनन् ।

तर, एनजीओ आईएनजीओमा काम गर्नेहरुले भने देशका दूरदराजसम्म पुगेर केही न केही काम गर्ने, विकास निर्माणका योजनाहरु पु¥याउने, सर्वसाधारण जनताको आवश्यकता पहिचान गरी केही राहत दिने व्यक्तिहरु पछिल्लो समय राजनीतिक दलका कार्यकर्ताभन्दा लोकप्रिय बन्दै आएका छन् । यसले गर्दा आफूलाई ठूलो दलको नेता, कार्यकर्ता भनेर दाबी गर्नेहरु ओझेलमा पर्दै गएका छन् । राजनीतिक दलका शीर्ष नेताहरुले पनि टिकट दिने बेलामा पार्टीलाई सहयोग पनि गर्न सक्ने, चुनावका बेला जनतामाझ खर्च गर्न पनि सक्ने र चुनाव पनि जित्ने देखेपछि तिनै एनजीओ आईएनजीओमा आबद्ध भएका व्यक्तिलाई छानीछानी टिकट दिने गरेका छन् ।

यसरी विभिन्न दल निकट आईएनजीओहरुमा आबद्ध व्यक्तिहरु जनप्रतिनिधि भएपछि विदेशीको इसारा अनुसार उनीहरु चल्ने गरेका छन् । एनजीओ आईएनजीओमा अबद्ध व्यक्तिहरुले आफू जनप्रतिनिधि बन्ने छोराछोरीलाई विदेश पठाउने र राजनीतिक दलहरुलाई चुनावी खर्च जुटाउने काम गर्दै आएका छन् ।

त्यस्ता जनप्रतिनिधिहरुले आफ्नो चुनावी क्षेत्रका जेष्ठनागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न वर्ग र बालबालिकाहरुलाई बेलाबखत मौसम अनुसारको पकडा, औषधि र खाद्यान्नसमेत वितरण गरेर आफू अनुकूलको राजनीतिक सोझ्याउने गर्दछन् । एनजीओ आईएनजीओमा आबद्ध व्यक्तिहरुसँग जनप्रतिनिधिहरुले मिलेमतो गरी विभिन्न विकास निर्माणमा पनि सानातिना काम गर्दै आएका छन् । यस्ता खाले कामबाट स्थानीय वासिन्दाहरु एनजीओ आईएनजीओप्रति आकर्षित हुँदै गएका छन् ।

तर, एनजीओ आईएनजीओ निकट रहेका जनप्रतिनिधिहरुले आफ्नो देशकोभन्दा पनि विदेशीको हितमा काम गर्ने गर्दै आएका छन् । त्यसले गर्दा देशको संस्कार, संस्कृति, रितिरिवाज, भाषा, भेषभुषा धर्म र पहिचान गुम्दै गएको छ । नेपालको पहिचान मात्रै गुमेको छैन, देशको गोप्य सूचना र डाटाहरुसमेत बाहिरिएको छ । त्यसले भोलिका दिनमा नेपालको गोपनीयता माथि कस्तो असर पुग्छ भन्ने हेक्कासमेत कुनै न त राजनीतिक दलका नेतालाई छ न त सम्बन्धित निकायका उच्च व्यक्तिहरुलाई नै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *