नक्कली लाइसेन्स वितरणमा कर्मचारीको सेटिङ

राजनीति समाचार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात विभागले ३० हजारभन्दा बढी लाइसेन्स खारेजी गर्ने प्रक्रिया अगाडि बढाएको छ । उक्त प्रक्रिया अगाडि बढाएसँगै तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशकहरुको होसहवास उडेको छ । त्यसताका यातायात व्यवस्था विभागमा बसेर ट्राफिक प्रहरी, यातायातका कर्मचारी र ट्रायल सेन्टरको मिलेमतोमा अवैध तरिकाले नक्कली लाइसेन्स वितरण गरिएको थियो । पैसाको पावरमा त्यसरी नक्कली लाइसेन्स वितरण गर्ने बन्दोबस्त मिलाउने काम यातायात व्यवस्था विभागकै कर्मचारीहरुले गरेका थिए । विगत लामो सयमदेखि यातायात कार्यालय एकान्तकुनामा कार्यरत एक नासुले पैसा लेनदेनको आडमा नक्कली लाइसेन्स वितरण गर्दै आएको स्रोतको भनाइ छ ।

उनी हाल यातायात व्यवस्था विभागमा कार्यरत रहेको बताइन्छ । त्यस्तै तत्कालीन यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल, नवराज घिमिरे, टोकराज पाण्डे र कुमार दाहाललगायत कार्यरत रहेका थियो । त्यतिबेलादेखि यातायात व्यवस्था विभागका कर्मचारी, ट्राफिक प्रहरी र ट्राइल सेन्टरका सञ्चालकको मिलेमतोमा नक्कली लाइसेन्स व्यापक रुपमा वितरण गरिएको थियो । यतिबेला आएर नक्कली लाइन्सेन्सको बारेमा छानविन गरी नक्कली ठहरिएको लाइसेन्सहरु खारेज गरिँदै छ । तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हाल अध्यानगन विभाग एयरपोर्टमा कार्यरत छन् ।

त्यस्तै अर्का महानिर्देशक नवराज घिमिरे प्रधानमन्त्री कार्यालयमा कार्यरत छन् भने अर्को महानिर्देशक टोकराज पाण्डे विगत लामो समयसम्म यातायात व्यवस्था विभागमा बसेर अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत छन् । त्यस्तै अर्का महानिर्देशक कुमार दाहाल यातायात व्यवस्था विभाग हुँदै लुम्बिनी प्रदेश सचिव भएर अकुत कमाएर अहिले खेलकुद मन्त्रालयमा रमाइरहेका छन् । यस्ता भ्रष्ट चरित्रका कर्मचारीहरु घुमीफिरी मालदार अड्डामा रमाउने गरेका छन् ।

यतिबेला देश आर्थिक संकटमा परेको छ भने उता जिम्मेवारी निकायमा बस्ने कर्मचारीहरु भने कमाउधन्दामा व्यस्त रहेका छन् । यस्ता भ्रष्ट चरित्रका कर्मचारीहरुको सम्पत्ति छानविन कसले गर्ने ? कथमकदाचित त्यस्ता कर्मचारीहरुविरुद्ध भ्रष्टाचारको मुद्दा परिहाले तापनि अख्तियार, अदालत र सम्बन्धित निकायलाई पैसा खुवाएर सफाइ पाउने गरेका छन् ।

उता, स्मार्ट लाइसेन्स खरिद ठेक्कामा पनि करिव ४० करोडमाथि भ्रष्टाचार भएको थियो । स्मार्ट लाइन्स ठेक्कामा तत्कालीन यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठको पालामा ठूलो घोटाला भएको थियो । सो घोटाला तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीको समेत मिलीभगतमा स्मार्ट लाइसेन्स कार्डको ठेक्का लागउने काम भएको थियो । यस्ता भ्रष्टाचारका विषयमा गम्भीर रुपमा छानविन गरी दोषी देखिएकालाई कारबाहीको दायरामा नल्याउने हो भने देश अझ भ्रष्टाचारतिर उन्मुख हुने देखिन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *