डा.शेखर र गगन शंकाको घेरामा

राजनीति समाचार

काठमाडौं । वर्ष दिन अगाडि जनताले अस्वीकार गरेका नेतालाई माघ ११ गतेको निर्वाचनमा उम्मेद्वार बनाएकोमा कांगे्रसभित्रै असन्तुष्टि छ । कांग्रेसले अवसर नपाएका नयाँ अनुहारलाई राष्ट्रिय सभाको सांसदमा उम्मेद्वार बनाएको थियो भने त्यो शंका उब्जने थिएन । तर प्रकाशमान सिंह, डा.शेखर कोइरालासम्मको भाग छुट्याउँदा संस्थापनले ५ जना उम्मेद्वार बनाएको हो ।

कोशी प्रदेशका कांग्रेसले कृष्ण सिटौलालाई मत दिँदैनन् कि भन्ने शंका छ । किनकि त्यो प्रदेशबाट डा.शेखर गुटले डा.मिनेन्द्र रिजाललाई उम्मेद्वार बनाउनपर्ने भन्दै थियो । सिटौला मात्र होइन, लुम्बिनीमा उम्मेद्वार बनेकी पुष्पा भुसाल पनि अर्घाखाँचीबाट चुनाव हारेकै थिइन भने मधेश त्यो समुदायलाई बाइपास गरेर खसआर्य समूहका आनन्द ढुंगानालाई उम्मेद्वार बनाइयो । ढुंगाना आँफै पनि पार्टीको अनुशासन समितिको संयोजक थिए । निर्णय एउटा काम अर्काे गर्ने कांग्रेसी चलन हटेको छैन ।

चुनावमा घात हुने भनेको कांग्रेसकै हो । आफु कम्युनिष्टको भोटले ठूलो पार्टी बन्ने र गठबन्धनका उम्मेद्वार माथि घात गर्ने चलन कांग्रेस र एमालेमा बलियो छ । एमालेले सत्ता गठबन्धनलाई भत्काउन नसकेपछि महागठबन्धनको प्रस्ताव ल्याएर प्रधानमन्त्रीसँग टिआरसी विधेयकमा सौदाबाजी ग¥यो । त्यसका सचेतक महेश बर्ताैलाको दम्भ चर्काे छ । जबकि उनले केपी ओलीको सेवक बनेर पाएको त्यो पद बिकाउ देखिन्छ ।

चुनाव कमाण्डरका रुपमा कांग्रेसका रमेश लेखक समाजवादीका राजेन्द्र पाण्डे, माओवादीका वर्षमान पुन, जसपाका मनिष सुमन खडा भएका छन् । उनीहरु सातै प्रदेशमा सत्ता गठबन्धनका संयुक्त भेला र बैठकमा सहभागी हुनेछन् । पार्टीहरुबिचको तालमेल भत्काउन र प्रदेश कोशी, लुम्बिनी र गण्डकीबाट एक एक जना छिराउन नेकपा एमाले कांग्रेसका मतदातालाई खरिद गर्न सक्ने अवस्था छ । किनकि कोशी र लुम्बिनीमा कांग्रेसका उम्मेद्वार गत चुनावमा जनताबाट अस्वीकृत भएका थिए ।

सभापति शेरबहादुर देउवालाई कमजोर बनाएर महासमितिको जमघटमै आफ्नो अस्तित्व स्थापित गर्ने योजनामा डा.शेखर छन् । भारतीय लविका भएर पनि भारतीय विदेशमन्त्री एस.जयशंकरले वर्तमान गठबन्धन नटुटाउन दिएको सुझावप्रति डा.शेखर सकारात्मक छैनन् । त्यसैकारण शंका डा.शेखर र गगनप्रति बढेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *