मन्त्री बस्नेतले अर्बौं कमिशन हात पार्दै

राजनीति समाचार

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले जिम्मेवारी सम्हालेको १० महिना पूरा लाग्दैछ । मन्त्रालयको जिम्मेवारी सम्हाले यता पूर्व स्वास्थ्यमन्त्री गगन थापा र एमाले मन्त्रीहरु हुँदा नियुक्त हुँदा खटाइएका कर्मचारी छानी छानी सरुवामा परे । स्वास्थ्यमन्त्री बस्नेतको ‘कोर टिम’मा छन्,सचिव रोशन पोखरेल,अञ्जली झा,डा भुपेन्दू बस्नेत,डा लोचन कार्की र विश्वरुप खड्का । यिनकै सल्लाह अनुसार मन्त्री चल्ने गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ

मन्त्री बस्नेतले सेटिङमै स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगीता कौशल मिश्रलाई पठाएको छ । उनलाई सो जिम्मेवारी दिए यतामात्र स्वास्थ्य सेवा विभागको एउटै महाशाखाले झण्डै साढे दुई अर्बको टेण्डर नोटिस निकालिसकेको छ । डा मिश्रा तिनै कर्मचारी हुन,जसले आफ्नो बढूवा हुँदा लोकसेवा आयोगलाई समेत ढाँटेको उजुरी परेको थियो । यस अघि प्रसुति गृहको नेतृत्व सम्हालेकी मिश्रा स्वास्थ्य सेवा विभागमा पुगे यता झण्डै दुई अर्ब ५० करोड ६६ लाखको मेसिन, उपकरण तथा औजार र स्वास्थ्य सामग्री लगायतको खरिदका लागि टेण्डर प्रक्रिया अगाडि बढाइएकोमा अधिकांश शंकास्पद् र विवादमा परेका छन् । मन्त्री बस्नेतले गफ ठूला गरे पनि उनको ध्यान स्वास्थ्यका सामाग्री खरिद गर्ने र कमिसन असुल्नेतर्फ नै केन्द्रीत रहेको देखिन्छ ।

टेण्डरमा मन्त्रीकै समेत लगानी रहेको भनिएको कम्पनी र उनकै जिल्लाका आपूर्तिकर्ता यज्ञ भण्डारी, अक्कलबहादुर भण्डारी र आरएस भण्डारीको बोलबोला रहेको देखिन्छ । मन्त्री बस्नेतसँगको नेक्ससमा बाग्मती प्रदेशको मन्त्री मसिना खड्का र बहादुर लामा समेत जोडिएका छन् । यस्को उदाहरण हो नुवाकोटको त्रिशुली अस्पतालमा जडान गर्न सिटि स्क्यान मेसिन खरिद प्रकरण । ४ करोड बजार मूल्य पर्ने मेसिन ८ करोडमा जडान गर्न राजी नहुँदा तत्कालीन सचिव डा बद्री खड्कालाई जिम्मेवारीबाट हटाइएकोमा पछि अदालतबाट स्टे अर्डर लिएर उनी जिम्मेवारीमा फर्किसकेका छन् । स्वास्थ्य विभागले खरिद प्रक्रिया अघि बढाएका अधिकांश टेण्डरमा राष्ट्रिय सतर्कता केन्द्रदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मले चासो राखेको बुझिएको छ ।

विभागले साउनदेखि यतामात्र ८० लाखको ‘भिटामिन ए क्याप्सुल’,३२ लाखको डेंगी टेस्ट किट,फेटल डप्लर, नेबुलाईजर र शक्शन मेसिनका अलवा एक करोड ६० लाखको जेनेरल इक्युप्मेन्ट,एक करोड ४० लाखको इसिजी खरिद, ओरल कन्ट्रासेप्टिभ पिल्सका अलवा आइसप्याक खरिदका साथैं एन्टी स्नेक भेनम सेरम,९ करोड मूल्य बराबरको माइक्रोन्यूट्रियन्ट पावर,१२ करोडको अक्सिजेनेशन,६ करोड ५० लाख बराबरको टेष्ट एनलाईजर,१२ करोड बराबरको नाइट्रिक अक्साइड मेसिन,आठ करोड बेड खरिद,करोडौंको एन्टि रेबिज खोप,झण्डै चार करोडको ह्विलचियर मेसिन खरिद प्रक्रिया अगाडि बढाएकोमा यी सबै खरिद प्रक्रिया उपर अख्तियारदेखि सर्तकता केन्द्रले आँखा लगाएको छ ।

उता उनै मन्त्री बस्नेतका सल्लाहकारको आतंक छ स्वास्थ्य मन्त्रालयमा । मन्त्री बस्नेतका सल्लाहकारका रुपमा नविल बैंकका कर्मचारी विश्वरुप खड्कालाई भित्र्याइएको छ । बस्नेतले आफू मन्त्री नियुक्त भएको दुई महिना पछि विश्वरुपलाई अवैतानिक जनस्वास्थ्य सल्लाहाकार नियुक्त गरेका थिए । खड्का नबिल बैँकका मेनेजर हुन । बैंकका मेनेजरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लगेर जनस्वास्थ्य सल्लाहाकारको नियुक्ति दिएर खरिद प्रक्रियामा गडबडी गर्ने गरेको स्वास्थ्यका कर्मचारीहरु बताउँछन् । नबिल बैँकका अनुसार विश्वरुप कोटेश्वर शाखाका ब्रान्च म्यानेजर थिए । उनलाई त्यहाँबाट दाङको घेराही शाखामा सरुवा भएका थिए तर मन्त्री बस्नेतको दबाबमा उनलाई बैंकबाटै तलब खाने गरी स्वास्थ्य मन्त्रालयको जनस्वास्थ्य सल्लाहाकार नियुक्त गरिएको हो ।

उसो त खड्का र बस्नेतको सम्बन्ध अहिलेदेखिको होइन । यस अघि मोहन बस्नेत स्वास्थ्य राज्यमन्त्री हुँदा पनि उनको सचिवालयमा बसेर काम गरेका थिए खड्काले । विश्वरुपले आफूले गाडी सुविधा बाहेक मन्त्रालयबाट अन्य केही सुविधा नलिएको जिकिर गरेका छन् । यसैबीच उनै खड्काले हालैमात्र एक जना महिला नर्स अफिसरलाई मन्त्रालयको खर्चमा विदेश शयरमा पठाएको रहष्य समेत खुलेको छ ।

खड्काले स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोकमा कार्यरत विष्ट थरकी एक छैंटौ तहकी जनस्वास्थ्य नर्सिङ अधिकृतलाई सिनियर कर्मचारीको कोटा खोसेर भारतको लखनउस्थित स्वास्थ्य कार्यक्रमका अलवा श्रीलङ्काको कोलम्बामा मंसिर ६ देखि ८ (२२ नोभेम्बरदेखि २४ नोभेम्बर २०२३) सम्म तीन दिन भएको ‘डिएचआइएस–२ एसिया प्यासिफिक कन्फ्रेन्स’ भएको थियो । अनुपयुक्त व्यक्तिलाई तालिमका लागि विश्वरुपले दबाब दिएर भारत र श्रीलंका पठाएको मन्त्रालयका कर्मचारीहरुले बताउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *