भ्रष्टहरुको भिडमा मन्त्री भुसाल बेखबर !

राजनीति समाचार

काठमाडौं । ‘चोरलाई चौतारो साधूलाई सुली’ यस्तै उखान चरितार्थ गरेको छ कृषि मन्त्रालय र मन्त्री वेदुराम भुषालले । कृषि मन्त्रालय मातहतकै खाद्य प्रविधि तथा गुण नियन्त्र विभागमा बर्षाैदेखि तर मार्दै आएको,७२ हजार अखाद्य चिनी खान योग्य प्रमाणीत गरे वापत छानबिन समितिले दोषी ठहर गरेको मतिना वैद्यलाई छुन वा चलाउन नसकेको कृषि मन्त्रालयले दुग्ध विकास संस्थानका महाप्रवन्धक सञ्जिव झालाई निराधार आरोप लगाएर विवादमा मुछिएका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको भेटिएको छ ।

हालैमात्र कृषि मन्त्रालयले १७ करोड घोटाला काण्डमा जोडेर सञ्जिव झालाई मन्त्रालयमा तानेर त्यहाँ निमित्तको जिम्मेवारी राजेन्द्र प्रसाद अधिकारीलाई दिइएर खटाएसँगै नियतमा शंका गर्ने ठाउँ प्रशस्त देखिएको भन्दैछन्, कृषि मन्त्रालयका कर्मचारीहरु । अधिकारी तिनै कर्मचारी हुन जो विगतमा डिडिसी डुबाउन मुख्य भूमिका खेलेको छानबिन समितिको प्रतिवेदनले देखाएको थियो ।

उसो त ७२ हजार अखाद्य चिनीलाई खान योग्य भन्दै बजारमा पठाउने र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने मतिना वैद्यलाई समेत छानबिन समितिले कारवाहीको लागि सिफारिस गरेको भए पनि उल्टै उनलाई विभागको महानिर्देशकको कुर्सीमा पु¥याएर पुरस्कृत गरेकै शैलीमा अहिले कृषि मन्त्री र मन्त्रालयले अधिकारीलाई पुरस्कृत गरेको हो ।

यो खेलोमेलोमा मन्त्री भुसालका स्वकिय सचिव सुशिल भट्टराई र डिडिसीकै अध्यक्ष रहेका डा. बेद बहादुर क्षेत्रीको मुख्य हात रहेको कर्मचारीहरु बताउँछन् । कृषि मन्त्रालयले झामाथि १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेको आरोपसहित १० बुँदे आरोप लगाउँदै मन्त्रालयमा तानेको छ । यसरी झालाई मन्त्रालयमा तानिनुको मुख्य कारण अध्यक्ष बेद बहादुर क्षेत्रीले भने अनुसार कर्मचारी सरुवा बढुवादेखि आफू अनुकुलको खरिदमा प्रक्रियामा साथ नदिएको कारण हो भन्ने गरिएको छ ।

रमाइलो चाहिँ एउटा कर्मचारीले १७ करोड खायो,घोटला ग¥र्यो भनेर मन्त्रालयमा तानिएको छ र त्यहाँ निमित्तको जिम्मेवारी दिएर विगतमा एक करोड ५० लाख बढी भ्रष्टाचार अभियोगमा मुछिएका राजेन्द्र अधिकारीलाई दिएर पठाइएको छ । अधिकारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दूधमा करोडौं मूल्यबराबरको ‘तर’ मारेको छानबिन प्रतिवेदनमा किटानी साथ मुख्य ‘दोषी’ भनेर उल्लेख गरेको, सोहि विभागबाट छानबिनका क्रममा तारेख गुजारी फरार भएको, काठमाडौं जिल्ला अदालतबाट ‘फरार’ भएर ‘भगौडा’ भएको भन्दै प्रहरीलाई पक्राउ गर्न पत्राचार गरेको र हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिनमा समेत बदनाम कर्मचारी हुन ।

उनीमाथि १ करोड ५८ लाख ५२ हजार ५ सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ घोटाला प्रकरणमा दोषी ठहर भएका कर्मचारी हुन । तिनै कर्मचारीलाई कृषि मन्त्रालयले डिडिसीको निमित्त महाप्रवन्धकको जिम्मेवारी दिएर खटाएसँगै मन्त्रालय,मन्त्रीको नियतमा खोटमात्र होइन यो खटन पटनलाई चोरलाई चौतारो,साधुलाई सुलीको संज्ञा दिँदैछन् कर्मचारीहरु नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *