विद्युत् प्राधिकरणभित्र घिसिङको मनोमानी कहिलेसम्म ?

राजनीति समाचार

काठमाडौं । सरकारको निर्देशनपछि नेपाल विद्युत प्राधिकरणले महसुल नतिर्ने उद्योग, कलकारखानाहरुको बिजुलीको लाइन काटिदिएको थियो । त्यसपछि विद्युत प्राधिकरण र उद्योगीहरुबीच जुहारी चलेको थियो । तर, अहिले आएर विद्युत महसुल नतिर्ने उद्योगी, व्यवसायीसँग सरकार र विद्युत् प्राधिरण झुक्न पुगेको छ । विश्वको नियम अनुसार विद्युत महसुल नतिरेकै बहानामा उद्योग, कलकाराखानाहरुको बिजुलीको लाइन काट्न पाइँदैन ।

बिजुलीको लाइन काटेपछि एकातिर उद्योग, कलकाराखाना बन्द हुन्छन् अर्कोतिर त्यहाँ कार्यरत कर्मचारीहरुको रोजीटोरी गुम्न पुग्छ । त्योसँगै उद्योग धन्दा बन्द भएपछि देशमा आर्थिक भार पनि थपिन्छ । त्यसकारण महसुल नतिरेको भनेर बिजुलीको लाइट काटेर उद्योग नै ठप्प गर्नुभन्दा उद्योग सञ्चालकहरुलाई समयमा विद्युत महसुल तिराउन ताकेता गर्नुपर्ने हुन्छ । त्यसमा पनि नमाने पक्राउ गरी कारबाहीको दायारामा ल्याउन सकिन्छ । तर, त्यो गर्नुको सट्टा उल्टै विद्युत महसुल नतिरेका ठूला उद्योग, कलकाराखानाको बिजुलीको लाइन काटेर प्राधिकरणले तमासा देखाइएको थियो ।

मन्त्री, सम्बन्धित निकाय र नेपाल विद्युत् प्राधिकरणका जिम्मेवार कर्मचारीहरुले स्वदेशदेखि विदेशी नीतिनियमको धज्जी उडाउँदै उद्योग नै बन्द हुनेगरी हावाको भरमा बिजुलीको लाइन काटेर आतंकित बनाएका थिए । नेपालमा नीतिनियम एकातिर थन्क्याएर कर्मचारीहरुले हचुवाको भरमा काम गर्दा राज्यले अर्बौको क्षति व्यहोर्नु परिरहेको छ ।

विद्युत् प्राधिकरणले विभिन्न सिमेन्ट उद्योग, कलकारखाना, जगदम्बा स्टील, जुट मिल, हिमालय आइरन, एभरेष्ट पेपर मिललगायत विभिन्न खाद्य सामाग्री उत्पादन गर्ने कम्पनीहरुको लाइन काटिदिएर उत्पादन नै ठप्प बनाएको थियो । प्राधिकरणको उक्त कार्यले उत्पादन मात्रै ठप्प बनाएको थिएन । नेपालको उर्जा क्षेत्रमा एडीबीले सहुलियत दरमा ऋण दिएर लगानी गरेका उद्योगहरुसमेत धरापमा पार्न खोजेको थियो । तर, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला उद्योगीहरुसँग भित्री रुपमा कमिसन लिँदै आएका थिए । केही उद्योगीहरुसँग कमिसनको भागबन्डा नमिल्दा निर्देशक घिसिङ रुस्ट बन्दै गएका थिए ।

त्यसै विषयलाई लिएर विद्युत महसुल नतिरेको बहाना बनाएर लाइन काट्नेसम्मको हर्कत गर्न घिसिङ पछि परेनन् । बिजुलीको लाइन काटिसकेपछि मन्त्रालयको निर्देशनमा प्राधिकरणले महसुल नतिरे पनि लाइन जडान गर्ने निर्णय गरेको थियो । तर, प्राधिकरणभित्रका कर्मचारी युनियनहरुले काटिएका लाइनको महसुल नतिरी लाइन जडान गर्न नहुने भनेर विरोध गरेका थिए ।

तर, निर्देशक घिसिङ कर्मचारी युनियनको बरखिलाप गरी महसुल नतिरेपनि लाइन जाडा गरिदिएका छन् । बिजुलीको लाइन जडान गरेपछि उद्योगीहरुमा आशा पलाएको छ । अब विद्युत महसुल नतिर्ने उद्योगीहरुसँग नेपाल विद्युत प्राधिकरणले उठाउनुपर्ने महसुल असुल गर्न तदारुकता देखाउन सक्छ कि सक्दैन त्यो भने प्रतिक्षाको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *