काठमाडौं । नाटक पनि नक्कली भयो भने भेष पनि मिल्दैन । चाखलाग्दो पनि हुन्न । जहाँ सक्कली कुरा र काम हुन्छन्, त्यहाँ जनविश्वास बढ्छ । जनयुद्धले ल्याएको गणतन्त्र र लोकतन्त्रले घाइते, अंगभंग भएका तथा बेपत्ता परिवारको पिडामा मलम लगाउनु कता कता जनयुद्धका सुप्रिमो प्रचण्ड भने दुई छोरी र एक बुहारीका लागि भैंसेपाटीमा फरक फरक ठाउँमा एकै प्रकारका बंगला खडा गरेर ठेकेदार शारदा अधिकारीकै घरमा बास बसेको देखाउन सफल भएका छन् ।
कथित राष्ट्रवादको नारा लगाएर जनताको पिडामा साथ दिन जरुरी नठान्ने एमालेका केपी ओली होउन वा माओवादीका प्रचण्ड दुबै नक्कली भएका छन् । कम्युनिष्टको नाममा जनता ठग्ने र ठेक्का पट्टामा ध्यान दिने प्रवृत्तिको विकास भएको छ । अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, उपाध्यक्ष कृष्ण महरा, माओवादीका धनकुवेर हुन् । २२ महिना शिक्षामन्त्री बनेका दिनानाथ शर्माले सामाखुसीमा जुम्ल्याहा महल बनाए । देवेन्द्र पौडेल, शक्ति बस्नेतले किलोको किलो सुन लुकाए, मन्त्री पनि भए । माओवादीबाट अब जनताको सेवा हुँदैन ।
तस्करका रुपमा सिन्धुलीका सांसद राजन दाहाल सिन्धुपाल्चोकका कृष्ण सापकोटा, प्रदेश सांसद सरल सहयात्री (पौडेल) जस्ता जल्दाबल्दा सांसद त्यहाँ छन् । देखाउने क्रान्तिकारी परिवर्तनकारीहरुको भ्रष्टाचार, तस्करी, माफियाकरणलाई बढावा दिएकै कारण माओवादीबाट जनता हैरान भएका हुन् । मुखले समृद्धि र विकास भनेको छ, तर प्रधानमन्त्रीले बोलेका लागू गर्न पनि सकेका छैनन् ।
प्रधानमन्त्रीसँग जोडिएको एनसेलको कर छली र दूरसंचार प्राधिकरणको लडाईं हुँदै विद्युत महसुल विवादमा समेत कैफियत छ । जनतालाई कालोबजारी र महंगीमा डुबाएकै छ । भ्रष्टहरुलाई कारबाही छैन । पार्टीकै नेताहरु सुन तस्करीमा जोडिएकै छन् । तर माओवादीलाई कतै लाज छैन । सर्वहारा वर्गका नेता सामन्तवादका प्रतिक बनेका एमालेका अध्यक्ष ओलीले मच्चाएको नीतिगत लुट र राष्ट्रघाती महाकाली सन्धीबाट कमाएको सम्पत्तिले जोडिएको जुम्ल्याहा महलको टिकाटिप्पणी गर्नुको अर्थ छैन । माओवादी र एमाले जनताबाट टाढिनुको कारण नेतामा बढेको भ्रष्टाचार मोह नै हो ।