एमालेको राष्ट्रियता मिसन ८४ तिर ?

राजनीति समाचार

काठमाडौं । उखान छ, पाएसम्म अन्त नपाएको जातीको जन्त । सकेसम्म सत्ता गठबन्भन भत्काउने, उपाय नलागे पछि राप्रपाजस्तो प्रतिगामी पूर्व राजाको अभिनन्दन र हिन्दू धर्मको आडमा जनताको मत तान्ने होडमा दौडिएको जमातको पछि लाग्ने एमालेका अध्यक्ष केपी ओली अब सरकारविरुद्ध आन्दोलन गर्ने भन्दैछन् ।

भोलि १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । केपी ओलीको प्रवृत्ति स्वीकार्न एमाले भित्रै प्रदेश तहको निर्वाचनमा विद्रोह भएको अवस्था गुम्सिएकै समयमा विस्फोट हुन लाग्दा आन्दोलनको आँधीबेहरी ल्याउने घोषणा गरेका छन् । तर महंगी कालोबजारमा मौन छ ।

केपी ओलीलाई पार्टीमा कार्यकर्ताको भावना भन्दा उनको लहडमा मण्डले र कुण्डलेलाई केन्द्रीय सदस्य बनाएर एमालेको चिनारी देखाएकै हुन् । वामपन्थी खेदेर परिवर्तन स्वीकार्न नसकेका प्रतिगामी तत्व बोकेर एमालेका ओलीले जबजको लक्ष्य पुरा गर्न खोजेका छन् । राष्ट्रिय सभामा कमजोर भएपछि जनताका अगाडि देशभक्त बन्नको लागि आन्दोलन गर्ने भन्दैछन् ।

तर आन्दोलनले कालोबजारी, महंगीमाथि प्रहार गर्ने योजना बनाएको छैन । किनकि कालोबजारका नायक मोति दुगडलाई काखी च्यापेर कालोबजारको विरोध गर्नु नाटक मात्र हो कि जनताको अगाडि भ्रम त्यो भने अब छर्लंग हुनेछ । एमालेकोको पार्टी एक वर्ष अगाडि भ्रम छर्ने त्यो भने अब छर्लंग हुनेछ । एमालेको पार्टी एक वर्ष बेपत्ता भयो, जनता दशैं तिहारजस्ता पर्वमा चिनी, गेडागुडी, खाद्यानन, तेलमा राहत पाउन परै जाओस् उचित मूल्यमा समेत पाएनन् । त्यो बेला एमाले बोलेन । अहिले राष्ट्रिय सभाको निर्वाचन हुनेभएपछि लाज पचाएर आन्दोलन गर्ने भनेका छन् । भ्रष्टाचार र कमिशनमा डुबेका नेता जनताका अगाडि ठाडो शिर गर्न सक्ने अवस्थामा छैनन् ।

सहकारीको ठगी, वन समूहको लुट, स्थानीय तहका उपभोक्ता समूह गठनमा एमाले सहभागी छ । नक्कली भुटानी शरणार्थी प्रकरण, लक्ष्मी कोइरीको माफी, ललिता निवास प्रकरणजस्ता घोटाला, नेपाल ट्रष्ट जग्गा भाडा, कोरानाकालका काण्डको छानबिन मिहीन रुपमा हुँदा एमाले कस्तो हो, छर्लंग हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *