विधान फेर्ने प्रेस सेन्टरमा चर्काे लडाईं

राजनीति समाचार

काठमाडौं । पेशागत क्षेत्रभन्दा नेताको चाकडी गरेकै भरमा प्रेस सेन्टरको नेता बन्ने दाउपेच हुँदै आएको छ । पत्रकार र पार्टीका दल बिचको विरंगजमा आयोजित ३ दिने विधान अधिवेशनमा आरोप प्रत्यारोप चलेको छ । पत्रकार महासंघको चुनावका बेला पद लिन जहाँ त्यहाँ पुग्ने तर सदस्यता नवीकरणको शुल्क नतिर्ने क्रान्तिकारीहरुको पनि प्रेस सेन्टरमा भिडभाड नै छ । सेन्टरले संगठन क्रियाशिलता र वैद्यता गरेपनि विचित्रको केन्द्रीय समिति र भद्रगोल सचिवालय बनाएर पत्रकारलाई मात्र सम्बोधन गर्न र गराउन सरकारलाई सचेत गराउन सकेको छैन ।

काम गर्नेभन्दा नेताकै सेवक बनेर पत्रकार भयो, लेख्ने ठाउँ छैन, लेखन शैली छैन । केवल सुप्रिमोको सेवा ग¥यो । सेन्टरका पत्रकारविरुद्ध झिल्को डटकमका सम्पादक फणिन्द्र दाहालले घोचपेच गरेकै हुन्छन् । प्रेस सन्टरले विधान अधिवेशनमा नेतृत्व चुस्त बनाउने र सक्रिय बनाउने भनेको छ । उपाध्यक्ष, उपमहासचिव, सचिवहरुको भिडमा कसले पाएको पद छाड्ला शंका छ । सेन्टरले चलाएको समाचार बैंक क्षेत्रमा हराएको छ । पत्रकारभन्दा अजय सुमार्गीका जागिरे भएर अध्यक्ष पद पड्काएर विष्णु सापकोटाले संगठनको संरचना फेर्न चाहेपनि तत्काल सक्ने छैनन् ।

सेन्टरले पत्रकार महासंघमा प्रेस युनियनजस्ता संस्थासँग गठबन्धन गर्न बाध्य हुनुको कारण प्रेस चौतारीबाट पाएको धोका हो । चौतारीसँगको गठबन्धनबाट प्रेस सेन्टर बढेन । महेन्द्र विष्टको कार्यकाल र शिव गाउँलेको कार्यकालमा पत्रकारहरुको हितमा जे जति काम भए त्यो काम गोविन्द आचार्य अध्यक्ष हुँदा पनि भएन । अहिले त झन् सिन्को भाँचिएको छैन । प्रेसको अवस्था गिर्दाे छ । साना लगानीका स्वरोजगारमुलक पत्रपत्रिका दयनीय अवस्थामा पुगेका छन् । सरकारको नेतृत्व माओवादीले गरेको छ । संचारमन्त्री माओवादीकै छन् । तर प्रेस सेन्टरलाई कुनै चिन्ता र चासो स्वरोजगार मुलक पत्रपत्रिकातर्फ छैन ।

पार्टी अध्यक्ष प्रधानमन्त्री र केन्द्रीय सदस्य संचारमन्त्री भएका बेला सेन्टरको साधारणसभा भयो फेरि विधान अधिवेशन हुँदैछ, त्यहाँ नेतृत्वकाविरुद्ध उठ्ने आवाजलाई कस्तो सम्बोधन हुन्छ चासोको विषय बन्नु अस्वभाविक होइन । किनकि पाएको पद कसले छाड्छ ? त्यसो त पार्टीले पनि विधान सम्मेलन फागुनमा हुँदैछ । त्यहाँ आजीवन अध्यक्ष प्रचण्डका विकल्पको खोजी गर्दैछ । जनार्दन शर्माजस्ता धन कमाएर कुवेर बनेकाहरुको लडाइँ चर्काे हुँदैछ । पार्टी संगठन स्वयात्तता हुने जनवर्गीय संगठनदेखि पार्टी केन्द्रसम्म चुनावबाट नेतृत्व चयन गर्नुपर्ने आवाज उठ्दैछ । त्यस्तै आवाज प्रेस संगठनमा पनि चर्काे हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *