कम्पनी रजिष्ट्रार कार्यालयमा पौडेल र विष्ट आतंक

राजनीति समाचार

काठमाडौं ।सरकारी कार्यालयहरुमा यतिबेला व्यापक भ्रष्टाचार भएको समाचारहरु दिनप्रतिदिन सञ्चारमाध्यममा आइरहेका छन् । यसरी समाचार आइरहँदा पनि सरकारी कर्मचारीहरुले लाज पचाएर हाकाहाकी भ्रष्टाचार गर्न पछि परेका छैनन् । कर्मचारीले भ्रष्टाचार पनि किन नगरुन् । नेपालका कर्मचारीहरुको तलब, सुविधाले उनीहरुको परिवार पाल्न सक्ने छैन ।

तर, विदेशमा कर्मचारीहरुलाई उनीहरुको जीवन धान्न पुग्ने तलब, सेवा, सुविधा दिने चलन छ । विदेशमा कर्मचारीलाई राम्रो तलब, सुविधा पनि दिइन्छ, यदि भ्रष्टाचार गरेको पत्ता लागेमा जागिरै जान्छ । तर, नेपालका कर्मचारीलाई भ्रष्टाचार गरेको मुद्दा अख्तियारमा परेपनि न्यायालयबाट चोखिएर फेरि त्यही कार्यालयमा फर्किने चलन छ । यतिबेला अधिकांश कर्मचारीहरुको अख्तियारमा उजुरी परेको समाचारहरु आइरहेका छन् ।

अख्तियारमा भ्रष्टाचार गरेको उजुरी परे तापनि पैसा र पावरको बलमा उनीहरुलाई अख्तियारले चोख्याउने काम गर्दै आएको छ । कतिपय कर्मचारी त आफ्नो तलबले महिनावरी धान्न नसक्ने भएपछि ज्यान फालेर भए पनि मालदार कार्यालयमा पुगेर भ्रष्टाचारमा लिप्त हुन थाल्छन् । त्यस्ता कर्मचारीले भ्रष्टाचार गरेको रकम राजनीतिक पार्टीलाई चन्दा, दल निकट कर्मचारी संगठनका नेताहरुलाई सहयोग, उच्च तहका हाकिमहरु र केही पत्रकारहरुलाई समेत खामबन्दी दिने चलन छ । उता, कम्पनी रजिष्ट्रार कार्यालय त्रिपुरेश्वरबाट श्रम मन्त्रालयमा सरुवा भएका नारायणकुमार विष्ट सोर्सफोर्स लगाएर मालदार ठाउँ खोज्दै उद्योग विभाग पुगेका थिए ।

विष्ट उद्योग विभागमा पनि नबसी काजमा फेरि कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरमै आइपुगेका छन् । त्यस्तै नेपाली कांग्रेस निकट कर्मचारी संगठनका उपाध्यक्ष श्रीराम पौडेलले कम्पनी रजिष्ट्रारको विभिन्न कम्पनी प्रा.लि हेर्ने जिम्मा पाएका छन् । पौडेलले कम्पनी हेर्ने जिम्मा मात्रै पाएका छैनन्, दण्ड, जरिवाना र मिनाह जस्ता काम गरिदिएबापत राम्रै उठ्तीपुठ्ती गरेका छन् । नगरुन् पनि कि ? उनी तत्कालीन श्रम मन्त्री टेकबहादुर गुरुङको छत्रछायाँमा रमाउने गरेका छन् ।

उनले कांग्रेस निकट कर्मचारी संगठनलाई चलायमान बनाउनै प¥यो । कांग्रेस निकट कर्मचारी संगठनका अध्यक्ष गोपाल पोखरेलाई पनि मोटै रकम नजराना टक्र्याउनु पर्छ । त्यसकारणले पनि यतिबले कम्पनी रजिष्ट्रारको कार्यालयमा श्रीराम पौडेल आतंक मच्चिएको छ । पौडेलका कारण अहिले कम्पनी रजिष्ट्रार कार्यालयमा कार्यरत केही इमानदार कर्मचारीहरु बदनाम पनि भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *