लौ पढौं टोकराज पाण्डेको नालीबेली

राजनीति समाचार

काठमाडौं । सदाचारिताको ठूल्ठूला कुरा गर्ने प्रशासकमा पर्दछन् डा टोकराज पाण्डे । उनै पाण्डे निजामती किताबखानाबाट सेटिङ मिलाएर त्रिभुवन भन्सार कार्यालयको प्रमुखको कुर्सीमा पुगेका छन् । नेपाल टेलिकमको सञ्चालक समितिमा पनि उनैलाई राखिएको छ । एक लाख २ हजार नक्कली लाइसेन्स प्रकरणमा डामिएका छन् उनै पाण्डे । आफूलाई लोकसेवाको घगडान गुरुका रुपमा चिनाउन पछि नपर्ने पाण्डेको समया एक हजार ८४ नक्कली लाइसेन्स बाढिएको भेटिएको छ ।

यातायात व्यवस्था विभागले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छानबिन प्रतिवेदनमा डा. पाण्डेको पालामा १ हजार भन्दाबढी थान अवैध स्मार्ट लाइसेन्स जारी भएको देखिन्छ । यो प्रकरणमा रुपनारायण भट्टराई पनि मुछिएका छन् । उनी सम्पत्ति शुद्धिकरण विभागमा २९ महिना रहँदा धेरै सुधारका काम गरें भनेर गफ लगाउने प्रशासक हुन । उनकै पालामा एकै पटक ३१ हजार ६६२ लाइसेन्स जारी भएका यातायात व्यवस्था विभागले जनाएको छ ।

यस्तै गोगनबहादुर हमालको पालामा १० हजार ५३५ र नमराज घिमिरेको पालामा ८ हजार २०० फर्जी लाइसेन्स जारी भएका छन् । लावण्यकुमार ढकालको कार्यकालमा सात हजार ३९४ र कुमारप्रसाद दाहालको कार्यकालमा तीन हजार ५४९ नक्कली लाइसेन्स जारी भएका छन् । यस्तै चन्द्रमान श्रेष्ठको कार्यकालमा एक हजार ४५९ र तुलसीनाथ गौतमको कार्यकालमा एक हजार १३६ नक्कली लाइसेन्स जारी भएको छर नारायणप्रसाद भट्टराईको कार्यकालमा ६९७ नक्कली लाइसेन्स बनेका छन् । दुई महिनामात्रै विभागको महानिर्देशक रहेका सुरेश राउतको पालामा ३५० नक्कली लाइसेन्स जारी भएको विभागले जनाएको छ ।

टोकराज पाण्डेलाई यातायातको डन कर्मचारीको रुपमा चिन्छन्,प्रशासकहरु कारण उनी अधिकृत र उपसचिव हुँदा यातायातमा एकछत्र राज गरे । तामाकोसी सन्देशले यिनै पाण्डेको पिआइएस खोजेको छ । जहाँ जागिरे जीवनमा अधिकांश समय यातायात कार्यालयमै बसेर राज गरेको भेटिन्छ उनले । पाण्डेले निजामती सेवामा पाइला राखेको २५ बर्ष हुँदैछ । ०५५ साल फागुन १६ गते हुलाकको खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका डा. पाण्डे शाखा अधिकृत र उपसचिव हुँदा एकछत्र रुपमा यातायातमै बिताएका थिए ।

जागिरे जीवनको ११ वर्ष गोश्वरा हुलाक कार्यालय, काठमाडौंमा खरिदारको रूपमा काम गरेका उनी विशेष बढुवा लिएर २०६६ साल साउन १ गते हुलाकको नायब सुब्बामा उक्लिएको देखिन्छ । गोश्वारा हुलाक कार्यालयमा २ वर्ष नासु भएर काम गरेका पाण्डे शाखा अधिकृतमा उक्लिएपछि ०६९ कार्तिक २६ गते उनी भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय सरुवा भए । त्यसपछि यातायात व्यवस्था विभाग हुँदै पाण्डे यातायात कार्यालय साना, ठूला सबारी एकान्तकुना पनि बसे । उनी एकान्तकुनामा बस्दा गुरु बसन्त अधिकारीबाट खेलोफड्को सिके भन्दछन्,यातायातका कर्मचारीहरु ।

जसरी बसन्त हृदयेश त्रिपाठीको स्वकीय सचिवालयमा बस्दा एकान्तकुनामा पुगेर खेलो फड्को गर्दथे । उस्तै खेलो फड्को बसन्तबाटै टोकराजले सिकेका हुन भन्नेहरु छन् । ०७४ साउन १९ गतेसम्म शाखा अधिकृतका रुपमा काम गरेका पाण्डेले अधिकृत हुँदा ५ वर्ष त यातायातमै बिताएको उनको पिआइएस हेर्दा देखिन्छ । उपसचिव हुँदा होस वा सहसचिव उनी यातायातमै पुगेका छन् । उपसचिव बनेको एक वर्ष नपुग्दै २०७५ जेठ १३ गते सहसचिवमा नियुक्ति लिएका उनी बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बने । प्रमुख प्रशासकीय अधिकृत भएर कलैया गएको ३ महिना नहुँदै डा. पाण्डे काठमाडौं महानगरपालिका आएका थिए ।

त्यहाँबाट सहकारी विभागको रजिष्ट्रार,रक्षा मन्त्रालय,संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रवक्ता हुँदै ६ महिना यातायात व्यवस्था विभागको महानिर्देशक चलाएका थिए । पाण्डे तिनै सन्काहा प्रशासक हुन,जो यातायातको डिजी हुँदा एक जना सेवाग्राहीले (नवराज ढुंगाना)ले उनलाई कार्यालयमा गएर भेट्न खोजे ।

ट्रायलमा अनियमितता भएको निवेदन दिएको प्रमाण फेला परेको छ । तर, उनले त्यो महत्वपूर्ण निवेदन ‘डस्बिन’मा फालिदिएका थिए । यदी उनी सुदारवादी प्रशासक थिए भने यातायातमा लामो समय बस्दा त्यहाँ भएको विकृती,बिसंगती बारे जानकारी हुँदा हुँदै पनि सुधारतर्फ ध्यान नदिएको,गुनासो र उजुरी समेत डन्सबिनमा फालिदिएका कारण पाण्डेको देखाउने दाँत एउटा,चपाउने दाँत अर्कै भएको बताउँछन्,कर्मचारीहरु नै !

Leave a Reply

Your email address will not be published. Required fields are marked *