उद्योग विभागमा कानून सचिवको हालीमुहाली

राजनीति समाचार

काठमाडौं । निजामती सेवा ऐनले कुनै पनि कर्मचारीलाई दुई बर्षमा सरुवा गर्नुपर्दछ भन्दछ तर माथिसम्मै उठाएर दिन सक्ने क्षमता भएका कर्मचारी बर्षाैसम्म एउटै कार्यालयमा टिक्न सक्छन्,सेटिङ कलामा पारङ्गत नभएका कर्मचारी ६÷७ महिनामै लखेटिन्छन्,त्यसकै एउटा उदाहरण हुन बाबुराम गौतम । गत वैशाखमा रामचन्द्र तिवारीलाई महानिर्देशकको जिम्मेवारीबाट हटाएर त्यहाँ खटाइएका थिए बाबुराम गौतम,उनलाई ८ महिनामै फिर्ता बोलाएको छ ।

त्यहाँ सहसचिव यज्ञ राज कोइरालालाई पठाइएको छ । उद्योग विभाग बदनाम बनाउने पात्र मध्ये एक हुन भनिन्छ दीपक घिमिरे,उनी कानुनका उपसचिव हुन,तीन बर्षदेखि त्यही राज गरिरहेका छन् । खोटाङबाट सुनसरी बसाई सरेका घिमिरेलाई सचिव मुकुन्द निरौलाले बोकिरहेका कारण उनको सरुवा रोकिँदै आएको उद्योग विभाग स्रोतले जनाएको छ । विभागको कानुन शाखा कमाण्ड गर्दै आएका घिमिरेले आफैं उजुरी दर्ता गर्न लगाउने,मन लाग्दो ढंगले पेशी तोक्ने गरेको आरोप लगाउँछन् उद्यमीहरु ।

घिमिरेले ट्रेडमार्कका मुद्दामा चलखेल गर्दैआएको आरोप लाग्दै आएको छ । उनलाई कानुन सचिवकै संरक्षण भएका कारण कसैलाई नटेर्ने गरेको कर्मचारीहरुले बताएका छन् । यता,विदेशी लगानी शाखाको हर्ताकर्ता छन्, शंकर धामी । धामी उद्योग मन्त्री दिलेन्द्रप्रसाद बडुको गृहजिल्ला दार्चुलेली भएका कारण भौतिकबाट जम्प गरेर त्यहाँ पुग्न सफल भएका हुन । अहिले उनलाई विदेशी लगानी शाखाजस्तो आकर्षक ठाउँमा पठाइएस्ँगै अनियमितताको ग्राफ झन् बढेर गएको छ ।

हरेक फाइलमा पैसाविना निर्णय तथा सिफारिस नै नगर्ने गरेको कर्मचारीहरुकै आरोप छ । उनका दाहिने हात छन्,कृष्ण काफ्ले । सुव्वा भए पनि सरकारी गाडी चढ्छन् । काफ्लेले बा १ झ ८००६ नम्बरको सरकारी गाडी चढ्दै आएका छन् । यता अस्ति बिहिबार वावुराम गौतमको विधाई कार्यक्रममा आयोजना गर्दा सबै कर्मचारी उपस्थित थिए तर उपसचिव घिमिरे कोइराला भने सो कार्यक्रममा सहभागी थिएनन् ।

अरु समयमा महानिर्देशकको चाकडी गर्न नछुटाउने घिमिरेको अनुपस्थिति रहेपछि उनको खोजीमात्र भएन कि अनुपस्थितिको बिषयले खैलाबैला मच्चिएको थियो । घिमिरे त्यहाँबाट सरुवा भएर कम्पनी रजिष्टार्ड कार्यालय जाने गरी चाँजो पाँचो मिलाइरहेका सूत्रले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *