प्रहरी सरुवामा राष्ट्रपति हावी

राजनीति समाचार

काठमाडौं । प्रशासनिक क्षेत्रमा अवकाश हुने बेलामा कुनै पनि कार्यालयको प्रमुख दिइँदैन । जागिरको अन्तमा हुने नहुने उधुम मच्चाएर राज्यकोष लुट्लान भनेर यस्तो सचेतता अपनाइएको हो । तर नेपाल प्रहरीले भने त्यस्तालाई खोजी खोजी जिम्मेवारी दिएको छ ।

त्यो जिम्मेवारी पाउन कांग्रेसी राष्ट्रपति रामचन्द्र पौडेलदेखि माननीय सांसद शंकर भण्डारीसमेत प्रयोग भएका छन् । एसएसपीबाट उमेर हदका कारण घर जान लाग्दाकै बखत एकाएक डिआईजी बढुवा भएका विकासराज खनाललाई गण्डकी प्रदेशको कमाण्डरमा खटाइएको छ । खनालको जागिर वैशाख ७ गतेसम्म मात्र छ । राष्ट्रपति पौडेल यस्ता मर्यादामा ध्यान दिँदैनन् ।

प्रहरी भित्र भ्रष्टाचार गर्न सिपालु खनाल एयरपोर्टको सुन तस्करीमा निलम्बनमा परेका बेला तत्कालीन आईजीपी उपेन्द्रकान्त अर्याल थिए । उनको अवकाश पछि सर्वेन्द्र खनाल आईजीपी भए । यो देशमा कानूनी राज हुने थियो भने अवकाश लगत्तै व्यक्ति अपहरण काण्डमा एमालेका महेश बस्नेत, किसान श्रेष्ठसँग सहभागी सर्वेन्द्रसमेत जेल जान्थे । नेताको संरक्षण भएपछि यी र यस्ता घटनाले व्यवस्था बद्नाम छ । विकासको निलम्बन सर्वेन्द्रकै पालामा फुकुवा भयो । जहाँ गयो, त्यहाँ झ्वाम पार्ने अधिकृत हुन् । यसपटक आईजीपीका दाजु बाबुराम कुँवरको छाउनीस्थित घरबाट डिआइृजी र एसएसपी, एसपीहरुको सरुवा सूची तयार भएको हो ।

मधेश प्रदेश ताकेका विकासलाई उनको आनीबानी हेरेर गण्डकी पठाइएको हेडक्वार्टरले बताएको छ । मधेश यज्ञविनोद पोखरेल गए, उनी ट्राफिकमा थिए । आईजीपी बसन्त कुँवरभन्दा प्रहरीमा उनका वकिल दाजु बाबुराम कुँवर हावी छन् । उनी राष्ट्रपति रामचन्द्रका कानूनी सल्लाहकार हुन् । रामचन्द्र पौडेल पार्टीको वरिष्ठ नेता भएको बेला कुँवरलाई गण्डकी प्रदेश प्रमुख पनि बनाए । महान्यायाधिवक्ता पनि बनाएका थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *