सिकेलाई फापेन सत्ता !

राजनीति समाचार

काठमाडौं । जनमत पार्टीले मन्त्री पाउँदा कुनै भरपर्दाे काम गर्न नसक्ने जनमत पार्टीलाई अपाच्य भएको छ । मधेस सरकारमा जनमतले शिक्षा र श्रम मन्त्री पाएको थियो । महेश प्रसाद यादव र चन्दन सिंह मन्त्री थिए । आफैं सहभागी सरकारलाई भ्रष्टाचारको रक्षक भएको आरोप लगाएर आफ्नो मन्त्रालय तहबाट सिन्को नभाँच्ने त्यो जनमत पार्टीले सरकार छाड्दा न त प्रदेश सरकार ढल्यो, न त संघीय सरकार नै हल्लिने अवस्था छ । १३ सांसद भएको जनमत पार्टीलाई आफ्नै प्रदेशको सरकारमा बसेर राम्रो काम गर्ने मौका थियो । तर त्यो पार्टीले सत्ताको महत्व बुझ्न सकेन । हतियार देखाएर जनतालाई डर त्रास फैलाएकै हो ।

सिकेसत्तामा गएनन् । बरु उनले राजनीतिक रुपमा आफ्नै दाजुलाई मन्त्री बनाए । चन्दन सिंह सिकेका दाजु हुन् । दाजुलाई मन्त्री बनाउने चन्द्रप्रकाश राउतले मधेशको गरिबी, अशिक्षा, बोक्सीको आरोप, दाइजो प्रथाको अन्त गर्ने अभियान चलाउनु त परैको कुरा जनचेतनामुलक कार्यक्रम समेत गर्न सकेनन् । सिके राउतको शैली र स्वभाव मधेसमा मात्र होइन, संसदको गरिमा समेत राख्न सकेका छैनन् ।

राउतको पार्टीले मिटर ब्याजको शोषण होस् वा साहुकरको लुटको बारेमा मौनता साँधेको छ । कुरा चर्का गर्ने किसानका समस्यामा लाठी बोकेर सडकमा आउने सरकारमा पुगेपछि किसानमैत्री बन्न नसक्ने प्रवृत्ति जनमतले देखायो । संघीय संसदमा ६ सिट भएपनि पाए ठूलै मन्त्रालय खोज्ने जनसरोकारसँग जोडिएका मन्त्रालय नपचाउने राउतको पार्टीलाई सत्ता पचेको पनि छैन । सरकार चलाउने ढंग पनि छैन भन्ने पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *