एक्ला गगनको हुटहुटी !

राजनीति समाचार

काठमाडौं । जनतासँग कांग्रेस जोडिएको विषयलाई पार्टीले ध्यान दिएको छैन ।सुविधा र शौखिन कांग्रेसलाई छाडेर माघ १३ बाट संवाद यात्रामा निस्किएका महामन्त्री गगन थापा जिल्लामा पुग्दैछन् । संसदको विधेयक अधिवेशनको पाँचौ दिनमा कञ्चनपुरमा पुगेर महामन्त्री थापाको यात्रा समाप्त हुनेछ । महामन्त्री थापालाई सघाउने टिम जहाँ गयो, त्यहाँका युवाहरु नै जुट्ने छन् । उनलाई केन्द्रबाट साथ दिएको छैन ।

थापाले कांग्रेसलाई जनतासँग जोड्न जनताका समस्या संकलन गरी संसदमा ल्याउने र सरकारलाई घचघच्याउने योजना बनाएका छन् । महामन्त्री थापाले पार्टीको महासमिति बैठक र नीति तथा विधान अधिवेशनमा समेत भ्रमणबाट प्राप्त कार्यकर्ताको सुझाव समेट्ने पक्षमा छन् । गगनले झापा, मोरङबाट सुरु गरेको यात्रा पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएका २१ जिल्ला परेका छन् ।

थापा डा.शेखर गुटका हुन् । उनले आफ्नै गुटको साथ प्रत्येक जिल्लामा पाउने भएका छन् । नेतृत्वमा युवा भन्ने नाराका साथ राजधानीमा भाषण गर्ने गगनलाई प्रदीप पौडेल, कुन्दन काफ्लेहरुको फरक गुटका कारण साथ पाउने छाँट छैन । हाल काफ्ले बागमती प्रदेशको सांसद छन् भने पौडेल संघीय सांसद छन् । यी दुबै जना कृष्ण सिटौला पक्षधर हुन् । सिटौला गृह मन्त्री वा राष्ट्रिय सभा अध्यक्षमध्ये एक पदका भागिदार बनेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *