गृहमन्त्री श्रेष्ठको पद धरापमा

राजनीति समाचार

काठमाडौं । काम गर्न खोज्दा भ्रष्टाचारमा लिप्त भएका कांग्रेसका डा.आरजु र मञ्जु खाँड, एमालेका ईश्वर पोखरेल र गोकुलहरु जोगाउन शेरबहादुर देउवा, केपी ओली एक भएपछि गृह तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको पद नै असुरक्षित बन्न पुगेको छ ।

काजी भ्रष्टाचारविरुद्ध त लागे तर काजीका दाजु र भाइले प्रहरीको ठेक्कापट्टामा सहभागी ठेकेदारहरु सलबलाउका छन् । कमसल सामान बुझाउने र छिट्टै भुक्तानी लिन प्रतिस्पर्धा ठेकेदार र प्रबन्धबिच द्वन्द्व चल्दैछ ।

प्रहरीले फरक फरक सामाग्री खरिद गर्दा फरक फरक ठेकेदार प्रयोग हुने गरेका छन् । राजमान मिश्रदेखि दिपक मल्होत्रासम्मको सम्बन्धले पूर्व आईजीपी नवराज ढकाल र एआईजी प्रसाईं सम्मको चासो प्रहरीको ठेक्कापट्टामा जोडिन्छ ।

यहाँ गृहमन्त्री श्रेष्ठका दाजु चिनकाजी श्रेष्ठ र मनकाजी श्रेष्ठ जोडिन्छन् । मुखले भ्रष्टाचार शून्य सहभागितामा लैजाने गृहमन्त्रीको योजना देखाउने हो । तर उनको टिमका सुशान्त कर्माचार्य, कमल गिरी, नारायण दाहाल, किरण पन्थहरुको चलखेल चलेको छ । सुशान्तले लगेका योजनामा नारायणकाजी श्रेष्ठले भटाभट काम गर्ने गरेका छन् ।

नारायणकाजीको टिमका गिरिराजमणि महोत्तरी १ बाट चुनाव हार्दा माओवादीका ३२ सिटमा नारायणकाजी श्रेष्ठ समूह रित्तो भयो । यी नारायणकाजी श्रेष्ठ पनि २०७४ सालमा बाबुराम भट्टराईसँग गोरखा २ बाट चुनाव हारेको एक वर्ष पछि राष्ट्रिय सभाको निर्वाचनबाट संसदमा प्रवेश गरेका पात्र हुन् । आदेशका कुरा गर्न तर सुशान्त कर्माचार्य, कमल गिरी, नारायण दाहाल, किरण पन्तजस्ता पात्र र प्रवृत्तिसँग पन्छिन नसक्ने नारायणकाजीको पद अबको पुनर्गठनमा संकटमा पर्ने देखिन्छ ।

काजीलाई उपप्रधान तथा गृहमन्त्री पदको मात्र संकट होइन, पार्टीमा डा.बाबुरामको पुन प्रवेशले समस्या पार्न थालेको छ । किनकि गोरखामा डा.बाबुराम र हितराज पाण्डेको वर्चश्व छ भने नारायणकाजीको एकता केन्द्रको राजनीति बढेकै थिएन । गोरखाका दुबै क्षेत्र माओवादीका बलिया छन् । ९ वटा स्थानीय तहमा २ वटा मात्र कांग्रेसल प्रमुख पद जितेको छ ।

त्यो पनि माओवादीमा नारायणकाजी गुटका मान्छेलाई उम्मेद्वार बनाएको फल फलेको हो । स्थानीय तहमा नारायणकाजी गुटको प्रमुख छैनन् । महोत्तरी र सप्तरीमा १÷२ उपप्रमुख भए पनि रामवृक्ष यादव र जय गोविन्द साहको प्रभावले मिलेको हुनसक्छ । नारायणकाजीको गुटको प्रभावले होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *