सिटौलामाथि अन्तर्घातको घन्टी

राजनीति समाचार

काठमाडौं । कांग्रेसको आन्तरिक लडाइँमा डा.शेखर र मिनेन्द्र रिजाल सफल भएका छन् । यिनको दाउ भरसक कृष्ण सिटौलालाई टिकट दिनमा रोक्ने, त्यो पनि नसके चुनावमा घात गर्ने थियो । तर दुबै एजेण्डा असफल भएपछि उनीहरु तेस्रो प्रहारमा लागेका हुन् । स्रोतका अनुसार तेस्रो प्रहार माओवादीकी चम्पा कार्कीलाई हराइयो भने राष्ट्रिय सभाको अध्यक्ष बन्नबाट सिटौलालाई रोक्ने सहज हुने डाक्टरद्वयको निष्कर्ष थियो । त्यो योजनाअनुसार उनीहरु सफल भए ।

अन्तर्घात भएको थिएन भने कोशीमा गठबन्धनले चुनाव जित्ने थियो । एमालेले राप्रपासँग गठबन्धन गरेपनि आफ्ना उम्मेद्वारलाई जिताउन मुख्यमन्त्री केदार कार्कीसँग सहयोग लियो । कांग्रेसी राजनीतिमा स्थानीय तहमा राम्रै भिजेका चुनावमा टिकट बाँड्ने डा.शेखर गुटको भित्रिया भएकाले कार्कीबाट १५०-२०० सम्म मत तलमाथि पार्ने हिसाब एमालेले राखेको थियो ।

एमालेकै सहयोगले मुख्यमन्त्री बनेर पुन पार्टी लाइनमा जोडिएका कार्कीलाई संसदीय दलका नेता उद्धव थापालाई पावर देखाउनु पनि थियो । थापा झापाली भएकाले कोशीको अन्तर्घात बढायो । यो घटनाले सिटौलाको विषय मात्र होइन, कांग्रेससँगको गठबन्धनमा अब रहने कि अर्काे बाटो लाग्ने भन्ने लडाइँ सत्तामा सुरु भएको छ । कांग्रेसभित्र संस्थापनले उम्कने ठाउँ पनि छैन ।

पार्टीमा सबैलाई मिलाउन नसकेको आरोप लागेका देउवाले विगतमा कोइराला परिवारको दमन जस्तो थियो । अब भने डा.शेखरलाई स्थान दिने कुरामा सोच्नुपर्ने भएको छ । तत्काल गठबनधन नतोडेपनि राष्ट्रिय सभाको अध्यक्षका लागि कृष्ण सिटौलालाई नै काँध हाल्ने कुरामा माओवादीमा विवाद छ । त्यहाँ जनार्दन शर्मा र वर्षमान पुनःहरु एमालेका दोस्रो तहका नेताहरुसँगको परामर्शमा छन् । केपी ओलीले पनि हिजो प्रचण्ड र देउवा दुबैलाई मिठाई बाँडेकै हुन् । अब संसदीय राजनीति माघ २२ बाट चर्किन्छ । किनकी राष्ट्रिय सभाको अध्यक्ष चुन्ने संघीय संसदले नयाँ विधेयकहरु पारित गर्ने काम यसै अधिवेशनमा गर्नुपर्नेछ । सबैको चासो टिआरसी विधेयकमा छ । यहाँ माओवादीको चासो छ । एमाले अवसर खोज्दैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *