उमेर हद हट्दा नेता मख्ख !

राजनीति समाचार

काठमाडौं । पाएको पद जीवन पर्यन्तसम्म नछाड्ने प्रवृत्तिका कारण युवा पुस्ताले पार्टीको पदाधिकारी बन्न नपाउने भएका छन् । पार्टी सत्तामा जाँदा प्रधानमन्त्री बन्न नपाउने स्थिति छ । नेतालाई उमेर हदमा बाँधेर चर्चामा आएको नेकपा एमालेले पनि केपी ओलीकै भरमा राजनीति धान्दैछ । एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले पनि एमालेकै सिको ग¥यो । पार्टीको परिषद् बैठकबाट एक पटकलाई उमेर हद ७० हटाउने निर्णय गरेको छ । यो निर्णयले अध्यक्ष माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल खुसी छन् ।

एमाले अध्यक्ष केपी ओलीले अध्यक्ष पद कब्जा गर्न हतारमा पार्टीको दशौं महाधिवेशन गरेका हुन् । ओलीले ७० वर्षे उमेर हदर हटाएका छन् । राजनीतिक दलमा उमेर हदभन्दा आँफैं नेता बनिरहने र आफू पछाडिको पुस्तालाई स्थान दिन चाहेका छैनन् भन्ने कुरा यो उमेर हद तोक्ने र हटाउने किस्सा हो । हिड्नै नसक्ने बसेको ठाउँबाट अरुले उठाउनुपर्ने अवस्थाका कांग्रेस सभापति शेरबहादुर देउवालाई छैठौं पटक प्रधानमन्त्री बन्ने मात्र होइन्, श्रीमती डा.आरजु देउवालाई पार्टीमा स्थापित गराउनुछ ।

कम्युनिष्ट नेताका पत्नीहरु राजनीतिमा स्थापित छैनन् । केपी ओली, माधव नेपाल, झलनाथ खनालका पत्नीहरु राजनीतिमा छैनन् । तर कांग्रेसका शेरबहादुर देउवा, बालकृष्ण खाँड, एमालेका ईश्वर पोखरेल, शंकर पोखरेल, प्रभु साह, रघुवीर महासेठजस्ता नेताका श्रीमान् श्रीमती पार्टी राजनीतिमा छन् । उनीहरुमध्ये अधिकांश सांसद बन्ने हैसियतका छन् ।

श्रीमान् सरकारको मन्त्री प्रधानमन्त्री बन्दा हस्तक्षेप गर्ने कांग्रेसका देउवा र खाँडको जस्तो अरुमा छैन । माओवादीका कृष्णध्वज खड्का, लुम्बिनी प्रदेशका सांसद छन् । उनको हस्तक्षेप संचारमन्त्री रेखा शर्माको कार्यक्षेत्रमा छ । राजनीतिमा उमेरहद सुरु गर्ने एमाले आँफैंले त्यो हटाएपछि केपी ओली, ईश्वर पोखरेलसम्मले न्याय पाएजस्तै एकीकृत समाजवादी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *