प्रधानमन्त्रीले गोप्यता भंग गर्दै

राजनीति समाचार

काठमाडौं । मन्त्रीले काम देखाउन नसके आँफै पद छाड्ने हो । तर भ्रष्ट, सत्ता लम्पट शैलीका मन्त्रीहरुको कामभन्दा दाममा केन्द्रीत हुने शैली छ । सरकारको तहबाट जनताका तत्कालीन समस्यातिर ध्यान गएको छैन । कालोबजारी र माफियाकरणलाई संरक्षण गरेर बसेका मन्त्रीहरुको असफल चरित्रले जनता पीडित छन् । भ्रष्टाचार र बेरुजुको ग्राफ बढेपनि कसैले जिम्मेवारी लिँदैन ।

नातावाद र गुटवादले असक्षम अयोग्य केही भन्दैन । प्रचण्ड सरकारले गरेका नियुक्ति विवादरहित छैनन् । जस्ता मन्त्री, त्यस्तै नियुक्ति भएका छन् । जो भ्रष्ट छ, उसैको संरक्षण प्रमको सचिवालयले गरेको कुरा नागरिक उडड्यन प्राधिकरण हो । जहाँ अर्ब भ्रष्टाचार गर्ने प्रदीप अधिकारी महानिर्देशक छन् । उनले विभागी मन्त्री भन्दा प्रमपुत्री गंगा दाहालको साथ लिने गरेका छन् ।

मन्त्रिमण्डल फेर्ने भन्नासाथ कर्मचारीले मन्त्रीकै आदेश नटेर्ने चलनले निजामती क्षेत्र अस्तव्यस्त बन्ने गरेको छ । प्रचण्ड सरकारको वर्षदिनमा बेथिति, भ्रष्टाचार नियन्त्रणका पहल भएका थिए । तर गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले रोक लगायो । किनकी डा.आरज राणादेखि मञ्जु खाँड, बिना महतसम्म भ्रष्टाचारीहरुको सहयोगी भएका छन् । असफल पात्रलाई मन्त्री बनाउँदाको फल देशले भोगेको छ । जनताले गणतन्त्रका नयाँ राजाहरुलाई पाल्न स्थानीय तहदेखि शोषित बन्दै गएका छन् ।

संचारको दुनियाँमा केवल नेटवर्कलाई पैसा तिरेर टेलिभिजन च्यानल हेनुपर्ने बाध्यता छ । कुनै दिन अब रेडियो र एफएम सुनन पनि पैसा तिर्नुपर्ने बाध्यता यी असक्षम भ्रष्टहरुले नपार्लान भन्न सकिँदैन । प्रधानमन्त्रीले अवस्था नबुझी निर्देशन दिन्छन् । सवारी लाइसेन्स वितरण प्रक्रियाको प्राविधिक पक्ष के कस्तो छ त्यो नबुझी निर्देशन दिँदा काम भएकै छैन । प्रधानमन्त्रीले विकासका आयोजना निर्माण सम्पन्न हुँदा भुक्तानी नपाएका ठेकेदारलाई सँगै राखेर अर्थमन्त्रीसँग गरेको छलफल र दिएको निर्देशन पनि काम लागेन । जनतालाई दिनेभन्दा धुत्ने धेरै हुँदा संघीय लोकतन्त्रका नयाँ राजाहरुप्रतिको सम्मान घटेको छ । राष्ट्रपतिप्रति वितृष्णा जागेको छ ।

प्रधानमन्त्री आँफैले कतिपय गोप्यता भंग गरेका छन् । काम नगर्ने, गर्न नसक्ने मन्त्रीलाई फ्याक्न सक्नुपर्छ । घोक्र्याउनै पर्ने मन्त्री अर्थ, स्वास्थ्य, परराष्ट्र, उद्योग तथा आपूर्ति मात्र नभएर महिला तथा बालबालिका, भौतिक पुर्वाधार, शहरी विकास, कृषि, संचार, उर्जा, पर्यटन रहेका छन् । तिनकै पहुँच सरकारको मुल नेता प्रचण्ड, देउवा र माधव नेपालसँग छ । सबैतिर असफल पार्टीका असफल अध्यक्ष र सभापतिकै विरुद्ध जनमत बढिरहेको छ । तर भ्रष्ट असक्षम मन्त्री फेरिँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *