मन्त्रीकै कारण सहरी विकासमा बेथितिको चाङ

राजनीति समाचार

काठमाडौं । शहरी विकास मन्त्रालयमा भाँडभैलो चलिनै रहेको छ । कर्मचारी र मन्त्रीकै कारण शहरी विकास मन्त्रालयले विकासको कामलाई ढिलासुस्ती मात्रै गरेको छैन, उल्टै जेष्ठ सहसचिवहरुलाई पाखा लगाएर शहरी विकास तथा भवन विभागमा सुरेन्द्र मोहन श्रेष्ठलाई महानिर्देशक बनाएपछि सिनियर सहसचिवहरु रन्थनिएका छन् । सुरेन्द्रमोहन श्रेष्ठले मन्त्री सीता गुरुङलाई आफ्नो प्रभावमा पारेर महानिर्देशक बन्न सफल भएका थिए । शहरी तथा भवन निर्माण विभागले पनि महत्वपूर्ण कामहरु गर्न सकेको छैन । महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले मन्त्रीलाई खुसी पार्न र कमिसनमै रमाइरहेका छन् ।

उनी कमिसनमा मात्र रमाइरहेका छैनन् भवन निर्माणसम्बन्धी ठेक्कापट्टामा पनि आँखा लगाउने गरेका छन् । यस्ता कामले गर्दा मन्त्रालयमा मन्त्री र सचिवको सम्बन्ध पनि त्यति राम्रो छैन । किनकी सचिव जल तथा मौसम विभागबाट आएका कारण शहरी विकाससम्बन्धी ज्ञान उनीमा छैन । त्यसकारणले पनि मन्त्री र सचिवको सम्बन्ध त्यति राम्रो छैन । मन्त्रीले पनि पुरानै सचिवहरुलाई प्रयोग गरिरहेकी छिन् । त्योसँगै मन्त्रीका सल्लाकारहरुले पनि शहरी विकासको बारेमा कुनै आवाज उठाएका छैनन् । सीनियर सहसचिवहरु यतिबेला अलमलमा छन् ।

जुनियर कर्मचारीहरुले विभाग र मन्त्रालय हल्लाएका छन् । पदम मैनाली, नवराज प्याकुरेल, कुमार घिमिरे, चक्रवती कन्ठ, रामचन्द्र दंगाल, दिपक भण्डारी सीनियर सहसचिवहरु अन्यायमा परेका छन् । नवराज प्याकुरेल काठमाडौं उपत्यका विकास प्राधिकरणमा पठाइएको छ । त्यस्तै पदम मैनाली मन्त्रालयमा रहेका छन् । कुमार घिमिरे संघीय सचिवालय भवन तथा निर्माण कार्यालय सानो गौचरण काठमाडौंमा पठाइएको छ । चक्रवर्ती कन्ठलाई एकीकृत बागमती सभ्यता विकास समितिमा पठाइएको छ । त्यस्तै रामचन्द्र दंगाललाई सार्वजनिक खरिदमा पठाइएको छ । यस्ता विकृति र विसंगति शहरी विकास मन्त्रालयमा प्रायःजसो भइरहने गर्दछ ।

उता, नासु र शाखा अधिकृत विदेश तालिम गर्न जाने कोटामा सहसचिवहरुको ताँती लाग्ने गरेको छ । शहरी विकास मन्त्रालयले कार्यासम्पादनको विषय पनि उठाउने काम गर्छ । वार्षिक कामको खाका पनि तर्जुमा गर्छ, बजेटको पनि व्यवस्था गर्छ, तर कामको प्रगति भने नाजुक हुदैँ गएको मन्त्रालयकै कर्मचारीहरुको भनाई छ । यतिबेला शहरी विकास मन्त्रालयमा जस्तो वेथिति अन्य मन्त्रालयमा कहाँ होला भन्दै तामाकोशी सन्देश प्रतिनिधसँग एक कर्मचारीले गुनासो पोखेका थिए ।

हुन पनि शहरी विकास मन्त्रालयमा कामको प्रगति भने शुन्य छ । एकीकृत बागमती सभ्यता विकास समतिले पनि राम्रो काम गर्न सकेको छैन । शहरी तथा भवन निर्माण विभाग अन्तर्गत पर्ने कार्यालयहरुले पनि काम गर्न नसकेको गुनासोहरु आइरहेका छन् । एकातिर शहरी विकाससम्बन्धी सचिवलाई ज्ञान नहुनु अर्काेतिर मन्त्री र महानिर्देशकको मिलेमतोमा कमिसन, भ्रष्टचारमा र बेथियित फैलिँदै जानुले मन्त्रालयको काम थलालिङ्ग हुँदै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *