ग्लोबल आइएमई क्यापिटलले बिहान ८ बजेदेखि सेवा दिने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । ग्लोबल आइएमई क्यापिटलले प्रभातकालिन काउन्टर प्रत्येक दिन बिहान ८ बजेदेखि सञ्चालन गर्ने जनाएको छ ।

उक्त समयमा हितग्राही खाता र मेरो शेयर खाता खोल्ने तथा नविकरण गर्ने, हितग्राही खाता तथा मेरो शेयरसँग सम्बन्धित विवरण अद्यवाधिक गर्ने, आफ्नो नाउँमा रहेको विभिन्न सूचीकृत कम्पनीहरुको भौतिक शेयर अभौतिकिकरण गरी डिम्याट खातामा जम्मा गर्ने, शेयर धितो रोक्का÷फुकुवा गर्ने लगायतका सम्पूर्ण कार्य तथा यस कम्पनीले प्रदान गर्ने अन्य सेवा सुविधा सम्बन्धि आवश्यक जानकारी लिन सक्नेछन् ।

बैंकले आफ्नो व्यस्त दैनिकी, रोजगारी, जागिर तथा पेशा व्यवसायमा आवद्ध भएका तथा अन्य कारणले गर्दा यस कम्पनीको नियमित कार्यालय समयमा कार्यालयमा उपस्थीत भई सेवा लिन असमर्थ भएका ग्राहकको हित तथा सुविधालाई मध्यनजर गरी बिहान ८ः०० बजेदेखि प्रभातकालिन काउण्टर सञ्चालन गरिने जनाएको छ । अन्य सार्वजनिक विदा र शनिबार भने बन्द रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *