एसमा संगठन बन्न नसक्दा समस्या

राजनीति समाचार

काठमाडौं । पार्टी फुटाएर एमालेभन्दा ठूलो शक्ति बन्ने सपना देखेका नेकपा एसका नेताहरु अहिले आफू आफूमा अविश्वास गर्दैछन् । गठबन्धन बनाउन हाम्रो योगदान थियो, हाम्रो भाग खोई ? वरिष्ठ नेता झलनाथ खनालको हरेक बैठकमा पहिलो बोली हुन्छ । तर उनी आफ्नै गृह जिल्लामा पुगेर कस्तो संगठन गरेका छन्, वरिष्ठ नेताको हैसियत प्रदेश तहमा कति संगठन गरे भन्दैनन् ।

जनताको बहुदलीय जनवादलाई दक्ष प्रजापतिको टाउको भनेर व्याख्या गर्ने खनालले पार्टीलाई समाजवादी दिशातिर लैजानुपर्छ भन्छन् । तर उनका दस्तावेजले देशको राजनीतिलाई प्रगतिशील ढाँचामा लैजाने देखिँदैन । झलनाथ खनाल पार्टी अध्यक्ष भए । उनको समयमा पनि पार्टीको राष्ट्रिय परिषद् बैठक बस्यो । एमालेले संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशीताको एजेण्डा बलियोसँग उठाएन । कांग्रेसले के निर्णय गर्छ पर्खेर आफ्नो निर्णय गर्ने खनाल र नेपालको स्पष्ट निर्णय गर्ने क्षमता थिएन ।

अहिले वामपन्थी कार्यगत एकताको खाँचो छ, एमाले भन्दा हामी फरक हुनुपर्छ । जनताको बहुदलीय जनवाद एमालेकै छ । त्यो नछाड्ने भए एमालेमै गए भो भन्ने खनाल आँफै पनि इलाम २ बाट एमालेले टिकट दिए उपचुनाव लड्ने दाउमा रहेको बताइन्छ । एकीकृत समाजवादीलार्य गठबन्धनले पोखरा महानगर, हेटौंडा उपमहागरमा मेयर दियो, संयोगले दुबै ठाउँका मेयरले चुनाव जिते तर वडामा छैन ।

संसदको चुनाव हारे पनि कामनाप वडा नं. १५ जीवराम श्रेष्ठले एसको टिम जिताएका छन् । संगठन छैन भाग धेरै खोज्ने झलनाथको कारण बेलाबखत एकीकृत समाजवादीमा विवाद उब्जने गरेको छ । आफु बढ्न नसक्ने चुनावमा माओवादीकै सहारा लिनुपरेपछि राष्ट्रियसभा अध्यक्षमा माओवादीको अडानलाई सहयोग गर्दा झलनाथलाई घाटा छैन, तर उनलाई अध्यक्ष नेपालमा लडाइँ गर्नुछ । पार्टीको महाधिवेशन वैशाखमा गरिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *