कांग्रेसभित्र खेल्दै शेखर

राजनीति समाचार

काठमाडौं । पार्टीको ४० प्रतिशतलाई ५५ प्रतिशतमा ल्याउन सके संस्थापन पक्षलाई पल्टाउन सकिने सोझो हिसा गर्दै डा.शेखर समूह लागि परेका छन् । संसदीय दलको नेतामा उम्मेद्वार बन्दा गगन थापाले आफ्नै भनिएकाहरुको मत पाएनन् । त्यो बेला रामचन्द्र सांसद थिए । कांग्रेस ८८ सिटको धनि थियो । यो बेला रास्वपाले एक सिट लग्यो, मनाङका सांसद भृकुटीमण्डप जग्गा काण्डमा निलम्बनमा छन् । दुबै सिट संस्थापन पक्षका गुमेका हुन् । डा.शेखरको नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएका बालकृष्ण खाँडका २÷४ जना विनोद चौधरीको खर्चमा ८÷१० जना सांसद तान्ने दाउ छ ।

तर समयले कांग्रेसमा भ्रष्टाचारीहरुको देखावटी विरोध गर्ने भित्र भित्र पार्टी शक्तिका लागि तिनैसँग मिल्ने बाटोको खोजी अन्र्तपार्टी विपक्षीले गरेको छ । सरकारको विरोध गर्ने गठबन्धन एमालेसँग गर्ने डा.शेखर कसको मतले सांसद भए ? उनका विरुद्ध नेकपा एमालेले लालबाबु पण्डितलाई उठाएको थियो । चुनाव सम्पन्न भएपछि पार्टी सभापतिलाई प्रधानमन्त्री नछाड्न यिनैले दबाब दिँदा जसरी पनि प्रधानमन्त्री बन्न प्रचण्डलाई परेको समस्या भेउ नपाएको फल संसदको सभामुख एमालेले फुत्काएकोमा डा.शेखरले कस्तो समीक्षा गरे ?
पार्टीमा सुधार हुनुपर्छ । तर गुट बलियो बनाएर पार्टी चल्न सक्दैन संसदीय दल र केन्द्रीय समितिमा बहुमत हुनुपर्छ ।

फागुन ७ बाट कांग्रेस महासमिति बैठक चल्दै । पार्टीका आधिकारिक दस्तावेज महामन्त्रीद्वय र उपसभापति पूर्णबहादुर खड्काले लेखेका छन् । डा.शेखर पक्षका उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, जीवन परियारहरु पदाधिकारी भए पनि प्रभाव देखाउन सकेनन् ।
यही बेला शेखरले बाँसबारी छाला जुत्ताको १० रोपनी जमिन १२ लाख ५० हजार कब्जा गर्ने विनोद चौधरीलाई उचाल्दै सभापति देउवा र सरकारविरुद्धको मोर्चा बलियो बनाउँदै कोशी प्रदेशको धरातल संघीय संसदमा प्रदर्शन गर्ने योजना बनाएका छन् । विगतमा शेखरको क्रेज थियो । आज कोइराला परिवारबिचमा एकता छैन ।

सभापति देउवालाई भ्रष्टमाथिको कारबाही रोकाउन लाग्ने कोइराला वंशले यो स्थितिमा सत्ता ढाल्न र आफ्नो रजाइँ गर्ने बाटो खोज्दैमा महासमिति र नीति तथा कार्यक्रम अघि वंश नआएको छ । अधिवेशनको तयारी पुरा भएको प्रचार विभाग प्रमुख मिन विश्वकर्माले बताएका छन् । यो मेलामा २५ सय प्रतिनिधि ७ सय पर्यवेक्षकले भाग लिने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *