एयरपोर्ट अध्यागमनको दादागिरी

राजनीति समाचार

काठमाडौं । सुरक्षा संवेदनशिलताको जिम्मेवारीलाई ख्याल नगर्ने पैसा खुवाएर एयरपोर्टमै जाने भ्रष्ट कर्मचारीको अराजकताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बद्नाम भएको छ । गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभाग सहसचिवको नेतृत्वमा चल्छ भने त्यो विभागको कार्यक्षेत्र एयरपोर्टमा पनि सहसचिव न हुन्छन् । स्वार्थ बाझिँदा कहाँ कसको पहुँच हुन्छ यसै भन्न सकिँदैन । कर्मचारीको सेटिङले भिजिट भिसामा रसिया, युक्रेन, चीनजस्ता देशमा जाने गैरकानूनी श्रमिकहरु समस्यामा परेपछि खुलेको रहस्यलाई कडिकडाउ गर्दा कर्मचारी र सुरक्षाकर्मी भिडन्तमा उत्रिए ।

भिजिट भिसामा गएर फर्केकाहरुले रहस्य खोलेपछि सरकारले जानकारी पायो । अध्यागनका कर्मचारीले दैनिक डेढ करोड असुल्दा एकै दिन एक जनाले ४५ हजार बाँडेको रहस्य समेत खुलेको छ । गृह मन्त्रालयले कडिकडाउ गर्न प्रहरी परिचालन गर्ने हो । अध्यागमन गृहको भन्सार अर्थमन्त्रालय अन्तर्गत परेको कारण अर्थ र गृहको एकरुपता नभएसम्म एयरपोर्ट सुध्रिँदैन । प्रहरी र कर्मचारीको हात हालाहालले छानबिन समिति पनि बनायो । कर्मचारीको अराजकताले छानबिन समिति बन्यो ।

समितिले प्रहरीलाई निलम्बन गर्ने तर अध्यागमनका कर्मचारीलाई केही गरेन । कालोपट्टी बाँधेर कर्मचारीले विरोध जनाए । त्यसको विरुद्ध प्रहरी डिआईजीले राजीनामा दिएर धम्काए । नियमित रुपमा खाईपाई आएको घुस लेनदेन गर्न रोकिएपछि पनि कर्मचारीको मनोमानी एयरपोर्टमा छ । सुरक्षाकर्मी र अध्यागमनका कर्मचारीको सुन ओसारपसार गर्ने तस्करहरुसँगको सम्पर्कले एयरपोर्ट चर्चित भएको छ ।

अहिले सहसचिव रुद्रसिंह तामाङ र गोगन हमालको प्रयासमा भिजिट भिसा स्वीकृत अनलाइन प्रक्रियामा लगियो । घुम्न जानेले देशअनुसारको डलर, आउने जाने टिकट, बस्ने ठाउँको आधार देखाउनुपर्ने बनाएपछि माफियाहरुलाई संकट परेको छ । निजामती प्रशासनमा देखिएको अराजकताको नियन्त्रणका लागि कर्मचारी आफै सक्रिय नहुने गलत प्रवृत्तिको विकास गरेको लोकतन्त्रमाथि प्रश्न उठ्नु स्वभाविक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *