प्रेस काउन्सिलले थाल्यो सम्पादकसँग संवाद कार्यक्रम

राजनीति समाचार

काठमाडौं । सञ्चारमाध्यमको नियमक निकाय प्रेस काउन्सिल नेपालले छापामाध्यमसँगै न्यूमिडिया, सोसल मिडिया र समाजिक सञ्जालले समाजमा पारेको प्रभावबारे सम्पादकसँग संवाद कार्यक्रम गरेको थियो । कार्यक्रम पुस २६ गते शनिबार काठमाडौंमा सम्पन्न गरेको हो । काउन्सिलले यहीं ढाचाका कार्यक्रम यसअघि भक्तपुरको रानीकोटमा पनि आयोजना गरेको थियो ।

कार्यक्रमा सहभागी सबै पत्रकारहरुले प्रेस काउन्सिलले निर्वाह गर्दै आएको सकारात्मक भूमिकाप्रति आभार प्रकट गरेका थिए । कार्यक्रममा गोरखापत्र, रासस, नेपाल टेलिभिजन, रेडियो नेपाल, विज्ञापन बोर्ड र अन्य निजी रुपमा सञ्चालित छापामाध्यम, अनलाइन र सोसल मिडियाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा निजी रुपमा सञ्चालित मिडियाहरुमा परेको असर र त्यसको समाधानको बारे पनि चर्चा गरिएको थियो ।

त्यस्तै अहिले नेपाली पत्रकारिता क्षेत्रमा सामाजिक सञ्जाल र युटूबले समाजमा पारेको प्रभावबारे पनि छलफल गरिएको थियो । सो छलफलमा परापूर्वक कालीन छापा पत्रकारिताबाट नयाँ टेक्नोलोजीमा जानुपर्ने आवश्यक रहेको अधिकांश सहभागीहरुको ठम्याइ थियो । अहिलेको पत्रकारिता कन्टेन बेस नभइ भिडियो बेसतिर गएकाले छापामाध्यमहरु पनि डिजिटल पत्रकारिताको माध्यमबाट कन्टेनसँगै भिडियो समावेस हुनुपर्नेमा व्यापक छलफल भएको थियो । डिजिटल पत्रकारिताको प्रभाव बढे तापनि दस्तावेजीकरण गर्न सजिलो हुने भएकाले छापामाध्यमलाई जोगाउन आवश्यक रहेकोप्रति सहभागीसबैको जोड थियो ।

प्रेस काउन्सिलले पहिलाको तुलनामा पत्रकारप्रति हेर्ने दृष्टिकोण सकारात्मक बनाएको भन्दै सहभागीहरुले प्रशंसासमेत गरेका थिए । कार्यक्रममा सहभागीहरुमध्ये कतिपयले छापामाध्यमलाई सरकारले दिने गरेको लोककल्याणकारी विज्ञापन बापतको सुविधाको विरोध गरेका थिए । उता, प्रेस काउन्सिल र कतिपय पाछामाध्यमका सञ्चालकहरुले भने लोककल्याणकारी विज्ञापन हटाउने होइन पाउँदै आएको सुविधा अझ बढाउनुपर्ने माग राखेका थिए । छापामाध्यमले पाउँदै आएको सुविधा त्यसै नलिएको सरकारको सूचना प्रकाशित गरेबापतको भुक्तानी लिएको बताएका थिए ।

कतिपय सहभागीहरुले विज्ञापन बजार अत्यन्तै साँघुरो भएको र नयाँनयाँ सञ्चारमाध्यमहरु धमाधम खुलेकाले पत्रकारहरु समस्यामा पर्दै गएको चिन्ता व्यक्त गरेका थिए । कार्यक्रममा छापामाध्यमसँगै अनलाइन मिडियाको पनि वर्गीकरण गरी सरकारले लोककल्याणकारी विज्ञापन उपलब्ध गराउनुपर्ने आवाज उठाइएको थियो । त्योसँगै आर्थिक समस्याको कारण अहिले खोजी पत्रकारिता नभएर मनोरञ्जनयुक्त भिडियो बेसिस पत्रकारिता फस्टाउँदै गएको र त्यसले सरकारी ठूला निजी सञ्चारमाध्यमदेखि सरकारी सञ्चारमाध्यम समेत धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गरिएको थियो ।

पञ्चायतकालदेखि प्रजातन्त्र, लोकतन्त्रहुँदै गणतन्त्रकालसम्म आइपुग्दा विचार, सिद्धान्त र आस्था राख्ने मानिसले इतिहास पढ्नेदेखि किताव, पत्रपत्रिका पढ्न छाड्नेहरुको ताँती लाग्न थालेको बताइएको थियो । अहिले सोसल मिडिया र सामाजिक सञ्जालले समाज भएनभएका नकारात्मक विषय उठान गर्ने त्यसको पछाडि अधिकांश मानिसहरु लाग्ने गरेकाले समाजमा पत्रकार र पत्रकारिताप्रति नकारात्मक धाराणा बन्दै गएकोमा चिन्ता प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *