कमिशनको चक्करमा मन्त्री सीता गुरुङ

राजनीति समाचार

काठमाडौं । छोरा पाउनु कहिले कहिले कोक्रो सिउनु अहिले भनेझैं हतार छ शहरी विकास मन्त्री सीता गुरुङ र फागुन १८ बाट उमेर हद लागेर अनिवार्य घर फर्किन लागेका सहसचिव सुरेन्द्रमोहन श्रेष्ठलाई । अर्थबाट बजेट सुनिश्चितता भएको छैन,टेण्डर निकाल्नै हतारो । जस्तो कि केपी ओलीलाई धरहराको ३० प्रतिशत र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ४० प्रतिशत बाँकी हुँदै उद्घाटन गर्न हतारो चलेको थियो । प्रंसग हो टेकुमा बन्न लागेको शुक्रवार ट्रपिकलको नयाँ भवनको । यही भवनको ठेक्कामा जोडिएका हुन शहरी विकास मन्त्री सीता र सुरेन्द्रहरु । शहरी श्रीमती मन्त्री, श्रीमान् निजी सहायक (पिए) र सालो मन्त्रीको स्वकीय ।

र उनीहरुसँग चोचोमोचो मिलाउनेमा छन् पूर्व सचिव रविन्द्रनाथ श्रेष्ठ,शहरीका डिजी सुरेन्द्र श्रेष्ठ यी ग्याङ मिलेर स्रोत सुनिश्चितता नभए पनि टेण्डर खोल्ने र आफू निकटको ठेकेदार पोस्ने धन्दा चलिरहेको छ । कर्मचारी सरुवा, नियुक्तिदेखि ठेक्कापट्टा विवादमा परेर बदनामी खेपिरहेकी छन मन्त्री गुरुङका सचिवालयमा छन् श्रीमान् दिल गुरुङ र भाइ भगिमान । उनैले ठेक्कापट्टामा कमिसन मागेर ठेकेदारलाई हत्तु खेलाउन थालेका उजुरी सतर्कता केन्द्रमा पुगेको छ भने अर्काे पनि उजुरी थपिएको छ स्रोत सुनिश्चितता नगरी टेण्डर खोलिएको छ ।

अझैं रमाइलो चाहिँ ठेकेदारलाई नै पोस्ने गरेर उनीहरुले ठेक्का निकालेका हुन । यही भवनका ठेक्काका लागि यस अघि २ अर्ब ४० करोडमा टेण्डर खुलेको थियो । त्यो समयमा जेभीमा कोन्टेक कन्स्टक्सन प्रा.लि.ले टेण्डरमा भाग लिएको थियो तर कालोसूचीमा परेका कारण टेण्डरै रद्ध गरिएकोमा ६ महिनापछि फेरि यो प्रक्रिया अगाडि बढाइएको छ । ६ महिनाको अन्तरालमा ठेक्काको रकम झण्डै ४० करोडले बढाइएको छ । गत मंसिर १५ मा खोलिएको टेण्डर २ अर्ब ८६ करोडको छ । आयोजनाले टेण्डरमार्फत हस्पिटल बनाउन शर्मा एण्ड कम्पनी,समानान्तर निर्माण सेवा र कोन्टेक लामा जेभी प्राविधिक रुपमा छनौंट भएका छन् ।

पहिलेभन्दा अहिले १ अर्ब ४० करोड बढाएर ठेक्का प्रक्रिया अगाडि बढाइएको छ । पहिले २ अर्ब ४४ करोडमा अगाडि बढाइएको ठेक्का अहिले ३ अर्ब ८६ करोड पु¥र्याइएको छ । तर अर्थले स्रोत सुनिश्चितता नगरी टेण्डर अगाडि बढाइएको छ । यसमा राष्ट्रिय सतर्कता केन्द्रले समेत हस्तक्षेप गरेको छ । अर्थले स्रोत सुनिश्चितता नगरेका कारण जस्ले टेण्डर निकाल्छ, भोलि उसैले भुक्तानी गर्नुपर्ने स्थिति आउँछ । यसरी कोन्टेक निर्माण सेवालाई पोस्ने गरी टेण्डर निकाल्न लगाउने काम शहरी विकास मन्त्री सीता गुरुङ,अर्थमन्त्री प्रकाशशरण महत पत्नी विनाको मुख्य भूमिका छ भनिदैंछ । घर जान लागेका सुरेन्द्र श्रेष्ठलाई यही मौकामा कमाउनु छ । त्यही कारण स्रोत सुनिश्चिचतता नभई टेण्डर प्रक्रिया अगाडि बढाएको शहरीकै कर्मचारीहरु बताउँछन् ।

उसो त उनै शहरी मन्त्री सीता गुरुङले संसद भवनको इन्टेरियर डिजाइनको काम समेत स्रोत सुनिश्चितता समेत नभई अगाडि बढाएकी थिइन । स्वास्थ्य मन्त्री मोहन बस्नेतको कम्पनीका रुपमा चिनिएका क्षमादेवी ग्रुपको भाइ कम्पनी मानिएको अर्काे कम्पनीलाई दिइएको ठेक्का समेत यसैगरी विवादमा परेको थियो । संघीय संसद् भवनको इन्टेरियर डिजाइन को ठेक्का २ अर्ब ३४ करोड ५४ लाख बराबरमा अगाडि बढाइदा समेत सीता लफडामा मुछिएकी थिइन । हरेक ठेक्कापट्टा र टेण्डरमा मन्त्रीका निकटस्थहरुले भाग खोजेर हैरानी पार्ने गरेकै कारण शहरीको ६ महिनाको बजेट खर्च निकै निराशजनक देखिएको छ । कांग्रेसकी सीता गुरुङले सम्हालेको शहरी विकास मन्त्रालयको बजेट गत आर्थिक वर्षभन्दा ३० अर्बले बढाएर ६६ अर्ब १७ करोड रूपैयाँ पु¥याइएको भए पनि बजेट खर्च निराशजनक छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *