टिकापुर जग्गा प्रकरण : आरजु र रेशमलाई उन्मुक्ति

राजनीति समाचार

काठमाडौं । चेक एण्ड व्यालेन्समा रहनुपर्ने कार्यपालिका,व्यवस्थापिका र न्यायपालिका एक अर्काेमा मिलेको खण्डमा के हुन्छ ? देखिएकै छ दण्डहीनता र भ्रष्टचारले प्रश्रय पाउँछ । त्यस्तै पछिल्लो घटनाक्रम सतहमा आएको छ । संवैद्यानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा चलाउँदा ठूला माछालाई उम्काएर सत्ता गठबन्धन नभत्किने गरी हालै मुद्धा चलाएको छ ।

प्रंसग हो, टीकापुर जग्गा घोटाला प्रकरणको । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक २४९ जना उपर मुद्धा चलायो । यस्लाई अर्काे ललिता निवास जग्गा प्रकरणको रुपमा व्याख्या गर्दै आएको थियो अख्तियारले । अख्तियारले एकै पटक दुई सय पचास जनालाई प्रतिवादी बनाएर मुद्धा चलाएका कारण यो प्रकरण चर्चामा थियो तर यस्मा शक्तिकेन्द्रका नजिक रहेका व्यक्तिहरुको नाम काटेर मुद्धा चलाएको भेटिएको छ ।

टीकापुर नगर विकास समितिका २७ पदाधिकारीसहित २४९ जनाविरुद्ध २० करोड ५१ लाख ८९ हजार ३३ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गर्दा यही प्रकरणमा जोडिने काँग्रेस सांसद आरजु देउवा राणा र रेशम चौधरीको नाममा टिपेक्स लगाएर मुद्धा चलाएको छ । आयोगले विशेष अदालतमा दायर गरेको आरोप पत्रमा टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललिता ताम्राकार, धिजराज रेग्मीलगायत लगायतलाई प्रतिवादी बनाइएको छ ।

आरोप पत्रमा जग्गा प्रकरणमा मुछिएका कांग्रेस सभापतिपत्नी एवं नेत्री आरजु राणा देउवा र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको नाम काटिएको छ । कारण हो उनीहरु उपर मुद्धा चलाउँदा सत्ता गठबन्धन ढल्नु । आरजु काँग्रेसको प्रभाशाली नेतृ भइन अनि रेशम चौधरी वर्तमान भूमिसुधार मन्त्रीको श्रीमान । यी दुईलाई मुद्धा चलाउँदा सत्ता गठबन्धन नै ढलपल हुने हुँदा उनीहरुको नाम झिकिएको स्रोतले दावा गरेको छ । त्यो जग्गा घोटला प्रकरणमा आरजु र रेशम पनि यस प्रकरणमा अनुसन्धानको दायरामा थिए ।आरजुले टीकापुरको जग्गा तीन कठ्ठा बुझेकी छिन् ।

उक्त स्रोतका अनुसार,आरजु राणाले मालपोतमा ५० हजार राजश्व तिरेर जग्गा लिएकी हुन । त्यतिखेर फुलबारी टेलिभिजन चलाउने रेशम चौधरीले पत्रकार हुँ भन्दै धम्काएर जग्गा लिएका हुन । उक्त स्रोतका अनुसार आरजु राणाले ०५४ मा डा.आरजु राणा देउवाले टीकापुर नगर विकास समितिबाट ३ कट्ठा ७ धुर घडेरी लिएकी थिइन । आरजुको घडेरी हाल टीकापुर नगरपालिका वडा नं. १ मा पर्ने बसपार्कनजिकै मूल सडकमा पर्छ । यस्तै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरीले पनि प्रतिकट्ठा ४५ हजारका दरले ५ कट्ठा जग्गा लिएको बताइन्छ । यी दुईविरुद्ध मुद्धा चलाउँदा वर्तमान गठबन्धन नै धरमर हुने हुँदा उनीहरुको नाम काटेर मुद्धा चलाइएको बताइन्छ ।

उता,टेरामेक्स प्रकरणको विवादमा अख्तियारले पूर्व मन्त्री ज्ञानेन्द्र कार्की र स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतलाई बोलाएर बयान लिइसकेको छ । यही प्रकरणमा जोडिएका मुख्य सचिव बैकुण्ठ अर्याललाई समेत उन्मुक्ति दिन खोजिएको छ । सत्तासँग जोडिएका सचिवद्धय कृष्णबहादुर राउत, मधु मरासिनीहरुलाई क्लिन चिट दिइयो उसैगरी बैकुण्ठलाई समेत चोख्याउने तयारी भइरहेको बताइन्छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *