सहकारी ठगीको कारबाहीमा कसैलाई काखा, कसैलाई पाखा

अर्थ/वाणिज्य राजनीति समाचार

काठमाडौंं । यतिबेला सहकारी सञ्चालकहरुको ठगीधन्दाको बारेमा संसदमा समेत आवाज उठ्न थालेको छ । केन्द्रदेखि स्थानीय तहसम्म कार्यथलो बनाएर सञ्चालन गरिएका सहकारी र फाइनान्स कम्पनीका सञ्चालकहरुले बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरी भाग्ने क्रम जारी छ । देशैभरि सञ्चालित सहकारी संस्थाहरुले मनमौजी ढंगले जनताको पैसा हिनामिना गरी कसैले हाउजिङ कम्पनीमा लागनी गर्ने, कसैले घर जग्गामा लगानी गर्ने, कसैले छोराछोरी विदेश पठाउन र कसैले मिडियामा लगानी गर्ने गर्दै आएका छन् । त्यसैले गर्दा अधिकांश सर्वसाधारण बचतकर्ताको पैसा हिनामिना गरी सञ्चालकहरु विदेश पलायन हुने गरेका छन् ।

त्यसको गतिलो उदाहरण बनेको छ पोखरामा केन्द्रीय कार्यालय रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था । यस सहकारी संस्थाको पोखरामा केन्द्रीय कार्यालय रहे तापनि कारोबार भने काठमाडौंको संखमूलबाट हुने गरेको थियो । अहिले सो, सहकारी संस्थामा निक्षेपकर्ताले जम्मा गरेको ७ अर्ब ६ करोडभन्दा माथि रकम हिनामिना गरी सञ्चालकहरु फरार भएका छन् । सोही सूर्यदर्शक बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमध्ये रास्वपाका अध्यक्ष तथा सांसद रवि लामिछाने भने संसद र विभिन्न जिल्लाहरुमा ठूला–ठूला भाषण गर्दै खुलमखुला हिँडिरहेका छन् ।

उक्त सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामार्फत गोर्खा मिडिया सञ्चालन गरिएको थियो । सो सहकारीका अध्यक्ष जिबेन्द्रबाबु (जेबी) राई गोर्खा मिडियाको पनि अध्यक्ष थिए । अहिले राई सहकारीको पैसा हिनामिना गरी फरार छन् । नेपाल प्रहरीले अध्यक्ष जेबी राईमाथि निगरानीमा बढाएपछि पक्राउ पर्ने डरले उनी थाइल्याण्डहुँदै मलेसिया पुगेर पासपोर्ट रिन्यू गरेको समाचार स्रोतको भनाइ छ । सर्वसाधारणले झोलामा सियोसम्म बोकेको पत्ता लगाउने प्रहरीले सूर्यदर्शन सहकारीका अध्यक्ष राई विदेश जाँदासमेत पत्तो पाएन । नेपालमा यस्ता ठूला माछा उम्काउने घटना त कति छन् कति ।

एकातिर राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद रवि लामिछाने जोडिएको र अर्कोतिर एमाले निकट जेबी राई अध्यक्ष भएको सहकारी संस्था बन्द गराएर सर्वसाधारणको ७ अर्बमाथि रकम हिनामिना हुँदासमेत नेपाल प्रहरी र राज्यका सम्बन्धित निकायहरु मुकदर्शक बन्नु कति जाहेज होला ? हुन त सांसद रवि लामिछाने सहकारी ठगी र अमेरिकन पासपोर्ट काण्डमा ढिलोचाँडो पक्राउ पर्ने सम्भावना देखिन्छ । रवि लामिछाने विरुद्ध प्रहरीमा उजुरी दिन जाँदा प्रहरीले उक्त उजुरी लिन नमानेको सहकारी पीडितको गुनासो छ ।

के अब नेपालमा उच्च पदस्थ कर्मचारी, ठूला व्यापारी, नेता, सांसद, मन्त्री, कानुनविदहरुले जस्तोसुकै अपराध गरे तापनि पीडितहरुले उजुरबाजुर गर्न नपाउने हो त ? होइन भने ७ अर्बभन्दा बढी ठगी गरेर कोही सञ्चालक विदेश फरार छन् कोही सांसदको लोगो भिरेर मोजमस्ती गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *