फ्रि भिसा, फ्रि टिकटको नाममा अवैध धन्दा फस्टाउँदै

राजनीति समाचार

काठमाडौं । श्रम तथा रोजगार सुरक्षा मन्त्रालयले रोजगारीको लागि विदेश जाने नेपाली कामदारहरुलाई फ्रि टिकट, फ्रि भिसाको व्यवस्था गरे तापनि प्रतिव्यक्ति १० हजार लिएको रसिद थमाएर मेनपावर व्यवसायीले बिनाप्रमाण प्रतिकामदार २ देखि ४ लाखसम्म लिने गरेका छन् । राज्यले फ्रि टिकट, फ्रि भिसाको अवधारणा ल्याइसकेपछि त्यसलाई न्यूनतम मापदण्ड बनाएर कम्तिमा विदेश जाने कामदारले मेनपावरलाई बुझाएको पैसा बराबरको एउटा प्रमाणसम्म दिनुपर्नेमा त्यो पनि नदिएर १० हजार बुझाएको रसिद दिने गरिन्छ । त्यसले गर्दा कामदारले बुझाएको पैसा बराबरको राज्यले पाउनुपर्ने राजश्व पनि गुमेको छ भने अर्कोतिर ४ लाखसम्म बुझाएर विदेश गएका कामदार अलपत्र परर फकिँदा उसले मेनपावरलाई बुझाएको पैसासमेत गुम्ने गरेको छ ।

अधिकांश नेपालीहरु मलेसिया, कतार, दुबई, युएई, बहराईन जस्ता देशहरुमा भन्दा पनि यतिबेला नयाँ मुलुक लाओस जानेहरुको भिड लाग्न थालेको छ । लाओस सरकारले पनि नेपालमा अनियन्त्रित रुपमा हुने ट्राफिक जाम र प्रदूषणको कारण देखाएर राजदूतावास राख्न सकेको छैन । लाओस भन्ने देशमा गएपछि युरोपियन मुलुक छिर्न सजिलो हुने भएकाले अधिकांश नेपाली युवाहरु त्यतातिर आकर्षित भएका छन् । लाओसमा गएपछि नेपाली युवाहरु युरोपियन मुलुकको सेनामा भर्ती हुन पाउने भएकाले पनि यतिबेला दुबई, कतार, मलेसियाजस्ता खाडी मुलुक जान छाडेर लाओसतिर जाने गरेका छन् ।

मेनपावर कम्पनी र विचौलियाहरुले नेपाली युवाहरुलाई गाउँघरमै पुगेर खोजीखोजी महंगो शुल्क असुलेर लाओस पठाउन थालेका छन् । तर, लामोसलगायतका नयाँ मुलुकमा नेपाली युवाहरु पठाउन श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले कस्तो सम्झौता गरेको छ भन्ने उनीहरुलाई थाहा छैन । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयमा विभिन्न दलका मन्त्रीहरु फेरिइरहँदा पनि वैदेशिक रोजगारसम्बन्धी वास्तविक नीतिनियम बनाउन नसक्दा मेपावर कम्पनी र विचौलियाको हालीमुहाली हुने गरेको छ । श्रम, रोजगार तथा सुरक्षा मन्त्री जुनसुकै पार्टीका भएपनि तिनै विचौलिया र मेनपावर कम्पनीको पछि लागेर कमिसन खान लिप्त हुने गरेका छन् ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्रीले नियमकानुन अनुसार स्पष्ट वैदेशिक रोजगारीको सम्झौता गर्न नसक्दा अधिकांश नेपालीहरु स्वदेशदेखि विदेशमा समेत ठगिन वाध्य भएका छन् । उनीहरु विदेशमा ठगिएका मात्रै छैनन्, भनेजस्तो काम र दाम नपाउनुका साथै विभिन्न झन्झट खेप्नेदेखि जेलजीवन बिताउन वाध्य भएका छन् । यता, मेनपावर कम्पनीहरुले नेपालीहरुलाई विभिन्न प्रलोभनमा पारेर विदेश बेच्ने, राज्यलाई कर नतिर्ने परिपाठी चलिरहेको छ । मेनपावर कम्पनी सञ्चालकदेखि एजेन्ट र कामदारहरुको सम्पत्ति छानविन गर्ने हो भने उनीहरुको कालाकर्तुत प्रष्ट हुन्छ । मेनपावर सञ्चालकका छोराछोरीको लागि छुट्टै बैंक ब्यालेन्सदेखि सेयरमा लगानी गाडी, पजेरो र घर पनि छुट्टाछुट्टै व्यवस्था गरिदिएको पाइन्छ ।

उता सञ्चालकहरुले पनि मोजमस्ती गरेकै छन् । उनीहरुका श्रीमतीको लागि पनि छुट्टै बैंक ब्यालेन्स र सेयरमा लगानी गदिएकै छन् । तर, उनीहरुले सञ्चालन गरेको मेनपावरबाट विदेश गएका अधिकांश सर्वसाधारण नेपालीले भने विभिन्न किसिमका दुःखकष्ट भोग्नुपरिराखेको. छ । यस्ता विषयमा सम्बन्धित निकाय र मन्त्रालयले चासो दिएको पाइँदैन । उल्टै वैदेशिक रोजगार विभागका कर्मचारी, मन्त्री, सचिव र विचौलियाको मिलेमतोमा अवैध रुपमा नेपालीलाई विदेशपठाएर ठगीधन्दा गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *