संविधानविपरीत हुने खालका कुनै पनि प्रस्तावलाई प्रवेश दिँदैनौ

अन्तरवार्ता राजनीति

मीन विश्वकर्मा, प्रचार विभाग प्रमुख तथा केन्द्रीय सदस्य, नेपाली कांग्रेस
ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्मासँग नीति अधिवेशन, केहि जिल्लाका महासमिति सदस्यविहीन बााउन खोजिएका, महासमिति बैठकमा हिन्दु राज्यको एजेण्डाले प्रवेश पाउने सम्भवना, गठबन्धन प्रति गगन शेखरहरुकै तिव्र असन्तृष्टि आदि सेरोफेरोमा विश्वकर्मासँग तामाकोशी सन्दे साप्ताहिकको प्रतिनिधिले गरेको कुराकानीको अंश :

० प्रजातन्त्र दिवसको अवसरमा पारेर तपाईहरुले महासमिति बैठक राख्नुभएको छ । काँग्रेस पार्टी नीतिमा अस्पष्ट रहेको पार्टीको आरोप लाग्दै आएको छ । नीति अधिवेशनको रुपमा हेरिएको यो बैठकमा यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?
नेपाली कांग्रेस पार्टी पहिलो कुरा त नीति सिद्धान्त र विचारमा कहिल्यै पनि अलमलिएको छैन, ढुलुमुलिएको छैन् बदलिएको पनि छैन । हाम्रो पार्टीको नीति भनेको बहुदलीय संसदीय शासन प्रणाली प्रजातान्त्रिक समाजवादी अर्थव्यवस्था हाम्रो पार्टीको मूल आदर्श र सिद्धान्त हो। त्यो सिद्धान्तमा हामी अडिक छौं बरु अरु सिद्धान्त बोकेका दलहरु यो सिद्धान्ततर्फ आकर्षित हुँदै नजिक हुँदै र यो व्यवस्था भित्र प्रवेश गरिराखेका छन्। बाहिर जुन पार्टीमागि जुन आरोप लागेको छ काग्रेसले नीति, सिद्धान्त बिस्र्यो भनेको त्यो गलत प्रचार हो । यसपटक हुने महासमितिको बैठकमा पनि नेपाली कांग्रेसले हाम्रो पार्टीले लिएको नीति सिद्धान्त र विचारलाई छलफल नेपाली कांग्रेसले हाम्रो पार्टीले लिएको नीति सिद्धान्त र विचारलाई नेपाली कांग्रेसले हाम्रो पार्टीले लिएको नीति सिद्धान्त र विचारलाई छलफल हुन्छ ।

० दोलखाबाट निर्वाचित बर्मा लामा, सोलुखुम्बुका नाम्गेलजाङबु शेर्पा र खोटाङ सभापति विष्णुकुमार राई लगायतका जिल्लालाई महासमिति सदस्यविहीन बााउन खोजिएको भनेर उनीहरुले ध्यानाकर्षण गराउने स्थिति किन आयो ?
पहिलो कुरा चाहिँ के हो भने केहि सभापति महासमिति सदस्य हुनुहुन्छ। केही सभापतिहरु ४६ जना सभापतिहरु चाहिँ महासमिति सदस्य हुनुहुन्न । महासमिति सदस्य नरहनु भएका चुनावमा प्रतिस्पर्धा नगर्नु भएका तर जिल्ला सभापति पदमा रहनुभएकाहरुलाई केन्द्रीय कार्यसमितिको निर्णयले नै उहाँहरुलाई बैठकमा आमन्त्रित गर्ने निर्णय भइसक्यो । सभापतिहरु सबैले पाउनु हुन्छ । महासमिति हुनुभएकोले पनि पाउनु हुन्छ महासमिति सदस्य नभएकोले पनि पाउनु हुन्छ । खोटाङ, सोलुखुम्बु र दोलखामा केहि विवाद भएको कारणले अरु सदस्यहरुको बारेमा निर्वाचन आयोगले दिएको निर्णय नै अन्तिम हुन्छ । र थप केहि निर्णय गर्न बाकी नै छ । सभापतिको हिसावले सबैले पाउनु हुन्छ महासमितिको सवालमा भने निर्वाचन विधिसम्बध भएकोले भाग लिन पाउनु हुन्छ । विधि पुरा नभएको, विवाद नसल्टिएको हकमा उहाँहरुले अहिले पाउनु हुन्न ।

० यो महासमिति बैठकमा हिन्दु राज्यको एजेण्डाले प्रवेश पाउने सम्भवना कतिको छ ?
नपाउने कुरा सुनिश्चित छ किनभने केन्द्रिय कार्यसमितिले प्रस्तुत गरेको पाँच वटा प्रस्तावमा विधान र संविधान विपरित हुने खालका कुनै पनि प्रस्तावलाई प्रवेश दिएका छैनौं । नेपाली काग्रेसले धार्मीक राज्यको कुरा गर्दैन, बंशिय शासन प्रणली मान्दैन, जातिय शासन प्रणली मान्दैन र नेपालको संविधानले पनि मान्दैन् । सादकी नेता सुशिल कोइराला नेत्तृत्वको सरकारले जारी गरेको संविधानको भावना विपरीत हुने गरेको त्यस्ता प्रस्तावहरु आउँदैन् । मनमा लागेका साथीहरुले बैठकमा बोल्न सक्नु हुन्छ । तर, ती कुराहरु पार्टीको दस्ताबेज बन्दैन् ।

० पार्टीका २२ जना केन्द्रीय सदस्यले हिन्दु राज्यको एजेण्डा बोकेर हिडिरहेका छन् । यो महासमिति बैठकले त्यसैलाई अनुमोदन गराउँछ भन्नेहरु पनि छन्,काँग्रेसभित्रै । खास कुरा के हो ?

अनुमोदन गर्दैन् । अनुमोदन गर्नको लागि पार्टीको केन्द्रिय कार्यसमितिमा पनि आधिकारिक प्रस्ताव आउनु पर्यो । बहुमतले पास गर्नु पर्यो । महासमितिको बैठकमा पनि आधिकारिक प्रस्ताव आउनु पर्यो । र महासमितिको बैठकले बहुमतले पास गर्नु पर्यो । यी दुबै कुरा असम्भव भएको कारणले उहाँहरुले राख्ने कुरा अभिव्यक्ति स्वतन्त्रता छ । मनमा लागेका कुरा भन्ने वयवस्था भएको कारणले उहाँहरुले राख्न पाउनु भएको हो ।

० महाधिवेशन भएको यतिका समय व्यतित हुँदासम्म तपाईहरुले पार्टीको कोषाध्यक्ष समेत चुन्न सक्नुभएको छैन । यो लाचारीपना होइन ?
इो आवस्यकता पर्दा गर्ने कुरा होला । सभापतिको अधिकारको विषय हो यो । सभापतिको मनोनित गर्नको लागि तयारी गर्दै हुनुहुन्छ होला । उहाँको लागि नै परेको कुरा हुनाले मैले जानकारी पाउने कुरा भएन् । ढिलो भएको कुरा म स्वीकारर्छु ।

० कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनदेखि मुख्यमन्त्रीको निर्वाचनसम्म काँग्रेसभित्रको एउटा गुटका कारण गठबन्धनका उमेद्धार पराजीत हुनुपर्यो । यस्का समीक्षा,गल्ती गर्नेलाई कारवाही हुनुपर्ने कि नपर्ने ?
पर्टीको कारवाही सार्वजनिक अपराध गरेको जसरी देखाउने गरी कारवाही हुने कुरा होइन् । पार्टीले अहिले कारवाही गर्दा खेरी पनि त्यसबाट हुनसक्ने सम्भावित परिणमलाई पनि मध्यनजर गर्नु पर्छ । त्यो भनेको मध्यावती निर्वाचनमा जानु पर्यो । अहिले त्यसतो अवस्था छैन् । त्यस्ता किसिमको घटनालाई हामीले सामान्य किसिमले लिएका छौं ।

० गठबन्धन प्रति गगन शेखरहरुकै तिव्र असन्तृष्टि सुनिन्छ । प्रधानमन्त्री प्रचण्डले समेत गठबन्धन प्रति तीतो पोख्न थाल्नुभएको छ । गठबन्धनको आवश्यक्ता कतिको देख्नुहुन्छ ?
नेपाली समाजको संस्कृति कस्तो छ भने एक्ला एक्लै हुँदा गठबन्धन राम्रो छ भन्ने । गठबन्धन गरेपछि झगडा गर्ने नेपालीको संस्कृति हो । त्यतिबेला नेकपा एकाले र माओवादीको पनि त्यस्तै रह्यो । उहाँहरु सुरुमा एक अर्कालाई मायाँ गर्नु भयो मिल्नु भयो एकिकरण पनि गर्नु भयो र टुट्नु भयो । बाहिर निस्किएपछि सरकार बनाउन कोहि न कोहिसँग मिल्नु पर्ने भयो । मिल्दा हामी बिचार नमिल्नेहरुसँग एजेण्डा मिल्यो । संविधानको कार्यन्यन गर्ने कुरा, संविधानको संरक्षण गर्ने कुर, मुलुकमा समृद्धि ल्याउने कुरा, मुलुकमा द्धन्द अन्त्य गर्ने कुरा जस्ता कुरामा हामी एक ठाउँमा बस्यो र सहकार्य गर्ने अवधारणाका साथ पाँच प्रस्ताव अगाडि सारेर गठबन्धन अगाडि बढायौं । टाढा हुदाँ नजिक हुन मन लाग्ने र नजिक हुँदा चाडै छुट्न मन लाग्ने हाम्रो प्रबृद्धि यहाँ पनि देखा परेको हुनाले गठबन्धन ठिक होइन कि सम्झन्छन् । गठबन्धन पार्टीको नीति होइन रणनीति हो । नीति स्थाइ हुन्छ र रणनीति समय अनुसार बदलिन्छ । अहिले हामीले गठबन्धनको रणनीति लिएका छौं । पछि के हुन्छ अहिले भन्न मिल्दैन् ।

० पाँचवटा प्रतिवेदन पेस हुन लागेका भन्नु भयो के के हुन् ?
नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र हिजोबाट सुरु भएको छ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको छ । बैठकमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुन लागेका छन् । बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेस हुन लागेको छ ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको छ । बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ । कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौं आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

० वर्तमान सरकारको कार्यशैलीलाई कसरी नियालिरहनुभएको छ ?
चल्ने यसरी नै हो जो सरकारमा आए पनि । हुने यस्तै हो । कोहि आएर रातारात परिर्वतन भने हुदैन् । सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको छ । नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याई जनताको विकास र सुशासनप्रतिको उच्च अपेक्षालाई सम्बोधन गरेको छ । देशलाई मध्यम आयस्तरको विकासोन्मुख मुलुकको रूपमा रूपान्तरण गर्न आगामी दिनमा थप प्रतिबद्धता र समर्पणभावका साथ काम गर्नुपर्ने खाँचो छ, सरकार त्यसतर्फ सचेत र सजग छ । जनताको त्याग, सङ्घर्ष र बलिदानबाट स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संरक्षण र सम्बर्द्धन गर्दै लोकतान्त्रिक र जनउत्तरदायी राजनीतिक व्यवस्थाको माध्यमबाट मुलुकलाई सुशासन र अग्रगमनको दिशामा अघि बढाउन सरकार दृढ रहेको छ ।

० नेपाली कांग्रेसका लागि यो पटकको महासमिति बैठक किन महत्वपूर्ण छ ?
राजनीतिक स्थायित्व, रूपान्तरण र नवीनता, स्वतन्त्रता, न्याय र समानता, नेपाली कांग्रेसको नीतिगत प्रतिबद्धता’ भन्ने मूल नारासहित सुरु भएको छ । यो बैठकले कांग्रेसको नीति पारित गर्ने भएकाले यसलाई ‘नीति महाधिवेशन’कै अर्को रूप भन्दा पनि हुन्छ। कांग्रेसले आगामी दिनका लागि लिने नीतिबारे देशैभरिबाट आएका प्रतिनिधिबीच बृहत् छलफल हुने भएकाले यो बैठकलाई धेरैले चासोपूर्वक हेरेको छ । दलको आन्तरिक बैठक भए पनि यसलाई “दलबाहिर र देशैभरिबाट चासोपूर्वक हेरिएको” छ ।

० को–को सहभागी हुन पाउँछन् ? कति प्रतिनिधि सहभागी हुनेछन् ?
महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन्। पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन्। कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्। महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ।

महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन। कांग्रेसले कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न सकेको छैन। छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद देखिएको छ । कांग्रेस महासमिति बैठक नीति बनाउन केन्द्रित रहनेछ । २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो । विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *