प्रचण्डकै प्रस्तावले जनार्दन मर्कामा

राजनीति समाचार

काठमाडौं । कुर्सी र सत्ताका लागि उपगुटको नेतृत्व गरेका जनार्दन शर्माले राजनीतिक रुपमा सिफारिस गरेर शैक्षिक योग्यता नभएकी लक्ष्मी पुनको नियुक्तिले पशुपति क्षेत्रमा तहल्का मच्चियो । अदालतले पुनको नियुक्ति बदर ग¥यो । जनार्दन शर्मालाई पशुपति विकास कोष खेल्न ठाउँ बन्न पाएन । पार्टीमा अध्यक्ष प्रचण्डको पद खोस्न जनार्दनले सबै तहमा निर्वाचन गर्नुपर्ने कुरा विधान अधिवेशनमा राखेका थिए । उनीभन्दा पनि अध्यक्षले नै तल्लो तहदेखि केन्द्रसम्म निर्वाचनबाट नेता छान्नुपर्ने गरी धारणा राख्दा नेतृत्व लिने आँट भएका नेताहरुले तयारी गर म अध्यक्ष छाड्छु भने तर आँट कसैले नगर्दा माओवादीमा प्रचड सर्वसम्मत हुने भए ।

पछिल्लो समयमा ६७५ भन्दा बढी केन्द्रीय सदस्य भएर तल्लो तहमा जान नचाहने कार्यकर्ता बन्न नचाहनेहरुलाई माओवादी नेतृत्वले के गर्ला ? जहाँ उपाध्यक्ष, उपमहासचिव, सचिवहरु को भिड्छ ? तर उनीहरु महाधिवेशनबाट चुनिएका होइनन् । सत्तामा अर्थमन्त्री भएका जनार्दन र वर्षमानको सम्बन्ध कांग्रेसी भ्रष्ट डा.आरजु देउवासँग छ ।

आफु अर्थमन्त्री बन्दा जनताको सरोकारमा चासो नदिने अहिले गृह प्रशासनले भ्रष्ट र सुन तस्करी काण्ड छानबिन गर्दा तर्सने जनार्दन र वर्षमान कसरी हुन्छ प्रचण्डलाई धम्क्याएर सत्तामा जाने बाटो पर्खेका छन् । उनीहरुले पार्टीका मन्त्री फेर्न दबाब दिन शुरु गर्दैगर्दा माओवादीको विधान अधिवेशन भएको छ । ७७ जिल्लाका अध्यक्ष, प्रदेश अध्यक्ष, पार्टी सचिव, महानगर र नगर समितिका संयोजक केन्द्रीय सदस्य गरी १३ सय जनाको त्यो जमघटले माओवादीलाई कस्तो संगठन बनाउनला जहाँ जनवर्गी संगठनहरु समेत भद्दा छन् ।

अधिवेशन सबै संगठनको गर्ने अध्यक्ष चुन्ने, पदाधिकारी र केन्द्रीय सदस्य सबै पार्टी अध्यक्षलाई छान्न बाध्य पार्ने रणनीति अब तल्लो तहदेखि केन्द्रको नेतृत्व र सदस्यसम्म निर्वाचित गर्ने निर्णय भएको छ । यो निर्णयले नेताको गुट उपगुटभित्र छिरेर संगठनमा पद खोज्नेहरुलाई रोक्नेछ । वर्षमान र जनार्दनको मन्त्रीका लागि भएको दौडधुपसमेत कांग्रेसको कारण केही समय मन्त्रिमण्डल पुर्नगठन नहुने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *