कांग्रेसमा लफडै लफडा

राजनीति समाचार

काठमाडौं । सबैतिर नेतृत्वको हालीमुहाली रोक्न महासमिति बैठकमा महामन्त्री गगन थापाद्वारा प्रस्तुत राजनीतिक र सांगठनिक प्रतिवेदनले दिने लफडाभन्दा ठूलो लफडा त संविधान विपरीतको हिन्दू धर्म सनातन संस्कृतिलाई कांग्रेसले अंगीकार गर्नुपर्ने लफडा छ । कांग्रेसमा पार्टी सभापति सर्वेसर्वा छन् । पदाधिकारीहरुको बैठकले दिएको सुझाव होस् वा केन्द्रीय सदस्यले दिएका सुझाव लत्याएर खल्तीबाट नाम झिकेर आफ्नालाई ठाउँ दिने कांग्रेसी चलन रोक्ने नेताहरुको प्रयासले निकै विवाद उत्पन्न हुँदैछ । संस्थापनले भने वास्ता गरेको छैन ।

महामन्त्रीको प्रतिवेदनले केन्द्रीय नेतृत्वको जुनसुकै पदमा उम्मेद्वार बन्न वडा तहबाट छनौट भएर आउनुपर्ने प्रस्ताव छ । वडा, नगर, जिल्ला क्षेत्र र प्रदेशबाट चुनिएर आएका नेताहरु केन्द्रको जुनसुकै पदका उम्मेद्वार बन्न सक्ने प्रस्तावले देशको राजनीति नियन्त्रणमा आउने विश्वास गरिएको छ । कांग्रेसको यो अभियानमा महामन्त्री थापाका सहयात्री सक्रिय छन् । पार्टीलाई गठबन्धनको मोर्चाबाट बाहिर लत्याएर चुनावमा कांग्रेस एक्लै भिड्नुपर्ने तर्क डा.शेखर कोइरालाको छ ।

संविधानविरुद्ध हिन्दुत्वको एजेण्डा ल्याएर देशको कुनै धर्म हुँदैन भन्ने मान्यता विपरीत स्व.खुमबहादुर खड्काका अनुयायी शंकर भण्डारी, देवेन्द्रराज कँडेलको टोलीसँग २१ जना केन्द्रीय सदस्य जोडिएका छन् । यो प्रस्तावमा कोइराला वंशका डा.शेखर, डा.शशांक र सुजाता पनि कमजोर बन्ने सम्भावना छ । तर अहिले खुलेका छैनन् । सुशील कोइराला सभापति हुँदा नवलपरासीको महासमिति बैठकमा हिन्दुत्वको प्रसंग उठ्यो । तेह्रौं महाधिवेशनको महासमितिमा ७३७ सहभागीको हस्ताक्षर केन्द्रीय सदस्य शंकर भण्डारीले पेश गरेका थिए । अहिले केन्द्रीय सदस्यहरु पनि जोडिएका छन् ।

धर्मका आडमा भोट लिन कम्युनिष्टका नाममा ओलीले धर्मशालालाई होटल चलाउन दिएर पशुपतिमा सुनको जलारी बनाउन राज्यस्रोतबाट करोडौं खर्चेर १२ केजी सुन बेपत्ता बनाइएकै हो । चितवनको अयोध्यापुरीमा रामसिताको मूर्ति स्थापना गर्न बालुवाटारबाट यात्रा चलाएका ओलीको डिजाइन हिन्दू धर्ममाथि नै संविधानमार्फत गरिएको प्रहार जोगाउने थियो । अहिले कांग्र्रेसका केन्द्रीयय सदस्य शंकर भण्डारीबाट हिन्दू प्रेमीहरुलाई साथ लिने अभियान छ । सोमबारबाट ललितपुरको गोदावरीमा शुरु भएको महासमितिमा महामन्त्री विश्वप्रकाश शर्मा, उपसभापति पूर्णबहादुर खड्काको समसामयिक राजनीतिक प्रस्तावमा छलफल हुनेछ ।

खड्काको प्रस्तावविरुद्ध पुरक प्रस्ताव पेश गरेका डा.शेखर कोइरालाले आफ्नो रवैया देखाउने प्रयास गर्दैछन् । जबकि उनी अल्पमतमा छन् । सत्ता भागवण्डामा ४० प्रतिशत अवसर पाउँदा आफ्नो टिम भित्रकै महामन्त्री गगन थापालाई बेवास्ता गर्दा झण्डै गगन उनको टिमबाट बाहिरिएका थिए । त्यसैकारण डा.शेखरले केन्द्रीय नेतृत्वमा आउने मात्र होइन, सभापतिलाई सबै क्रियाशील सदस्यले मत दिने प्रस्तापवलाई पनि स्वीकारेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *