दूरसञ्चार प्राधिकरण अध्यक्ष र आयल निगमको कार्यकारी निर्देशक नियुक्तिमा, तामाकोशी सन्देशको समाचार प्रभाव

राजनीति समाचार

काठमाडौं । सरकारले विभिन्न संघ संस्थामा राजनीतिक नियुक्ति गर्दा दलहरुको भागबण्डाको आधारमा गर्ने गरेको छ । योग्य व्यक्तिलाई पाखा लगाएर राजनीतिक भागबन्डाको आधारमा सरकारी संस्थानहरुका नियुक्ति गरिने परिपाटीले अधिकांश सरकारी संस्थानहरु धरासायी बन्दै गएका छन् । उदाहरण लिन सकिन्छ, नेपाल आयल निगम र नेपाल दुरसञ्चार प्राधिरणलाई । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक उमेश थानीले कार्यावधि पुरा नहुँदै राजीनामा दिएका थिए ।

थामीले राजीनामा दिएपछि कार्यकारी निर्देशकको पद खाली हुन पुगेको थियो । कार्यकारी पद खालि भएपछि आयल निगमको कार्यकारी बन्नलाई १४ जनाले प्रतिस्पर्धा गरेका थिए । १४ जना मध्ये डा. चण्डिका प्रसाद भट्ट, माधव रेग्मी, पंगज कुमार दास, आमोद प्रसाद चौधरी, दिलीप शेखर श्रेष्ठ, बसन्त कुमार पाण्डे, भिमसेन थापा, डोलिन्द्र प्रसाद शर्मा, शत्रुधन प्रसाद पुडासैनी, उत्तर कुमार रेग्मी, कमलेन्द्रलाल कर्ण, डोलप्रसाद चापागाँई, सहदेव चन्द, रामदेव यादव, सञ्जय कुमार श्रेष्ठले निवेदन दिएका थिए ।

तिनै १४ जनामध्येबाट प्रतिस्पर्धा गरी डा. चण्डिका भट्ट आयल निगमको कार्यकारी निर्देशक बन्ने सम्भावना रहेको भनेर तामाकोशी सन्देशले वर्ष १३ अंक २२ माघ १७ गते समाचार प्रकाशित गरेको थियो । तामाकोशी सन्देशको त्यो समाचार अहिले आएर पुष्टि हुन पुगेको छ । उता, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको जागिरे ७ महिना छदैँ सरकारले राजीनामा दिन वाध्य बनाएपछि अध्यक्ष खनालले राजीनामा दिएका थिए । खनालले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त हुन पुगेको थियो । दुरसञ्चार प्राधिकरणको अध्यक्ष हुनको लागि सरकारले माघ १४ गतेसम्मको आवेदन समय तोकको थियो ।

जसामा २५ जनाले आवेदन दिएका थिए । आवेदन दिनेहरुमा डा. दामोदर रेग्मी, गोकर्ण प्रसाद सिटौला, कृष्ण सुवेदी, सुरेश कुमार कार्की, गिरेन्द्र राज अधिकारी, नगेन्द्र कुमार दास, पंकज कुमार दास, डोलेन्द्र प्रसाद शर्मा, सैलेन्द्र गिरी, नन्द विक्रम अधिकारी, प्रकाश बराल, रोहित रौनियार, अलवा मैजर, देवनारायण यादव, अनिल झा, सुशिल ओझा, माधव रेग्मी, नविन जिसी, चित्र सिंह बुढाथोकी, जनार्दन भट्ट, कमल प्रसाद खनाल लगायत रहेका थिए ।

तिनै आवेदने २५ जनामध्येबाट भुपेन्द्र भण्डारी दूरसञ्चार प्राधिकरणको अध्यक्ष बन्ने प्रवल सम्भावना रहेको भन्ने समाचार तामाकोशी सन्देश साप्ताहिकले वर्ष १३ अंक २३ माघ २४ गते समाचार प्रकाशित गरेको थियो । नभन्दै सरकारले गत आइतबार आयल निगमको कार्यकारी र दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भुपेन्द्र भण्डारी र चण्डिका भट्ट नियुक्ति भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *