एनआईसी एशियासँगै अन्य बैंक पनि धरासायी बन्दै

अर्थ/वाणिज्य समाचार

काठमाडौं । एकातिर सहकारी र फाइनान्स कम्पनीहरु सर्वसाधारणको पैसा हिनामिना गरेर भाग्ने क्रम जारी रहिरहेको छ भने अर्कोतिर बैंकिङ्ग क्षेत्र पनि दिनप्रतिदिन धरासायी बन्दै गएका छन् । अधिकांश मर्जर भएका बैंकहरु भित्रभित्रै टाट पल्टिन थालेका छन् । नेपाल इन्भेष्न्टम र मेगा बैंक मर्ज भएर ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ भए तापनि एकातिर ऋण नउठ्नु अर्कोतिर दुई बैंकबाट मिसिएका कर्मचारीबीचको टसलले गर्दा धरासायी बन्दै गएको छ । त्योसँगै ऋण दिँदा राखेको धितो लिलामीमा बिक्री हुन सकेको छैन । त्यस्तै नविल बैंकको हालत पनि भित्रभित्रै नाजुक बन्दै गएको छ ।

उता मारवाडीहरुको लगानी रहेको एआईसी एसिया बैंकले ‘एनआईसी एशिया, बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि’ भन्ने मीठो नारा दिएर सर्वसाधारणलाई ठग्दै आएको छ । एनआईसी एशियाले देशैभरि शाखा कार्यालय खोलेर आफूलाई नेपालको सबैंभन्दा ठूलो बैंक दावी गर्दै आएको थियो । विश्वासिलो, भरपर्दो र ठूलो बैंकको हवाला दिँदै अधिकांश सरकारी कार्यालयलाई समेत खाता खोल्न वाध्य बनाएको थियो । कर्मचारीहरुले पनि छिटोछरितो र भरपर्दो सेवासँगै दूरदराजसम्म सेवा प्रवाह गर्दै आएको देखेर एनआईसी एशिया बैंकमा आफिसको खाता खोल्ने गरेका थिए ।

अहिले पनि अधिकांश सरकारी कार्यालयका बैंक खाता एनआईसी एशिया बैंकमै खोलिएको छ । एनआईसी एशिया बैंकले सरकारी कार्यालयको खाता खोलेबापत कर्मचारीलाई सेवा सुविधासहित कमिसन पनि दिँदै आएको थियो । सरकारी कार्यालयसँगै भूमाफिया, हाउजिङ कम्पनी, निर्माण व्यवसायी, उद्योगी, व्यापारी, म्यानपावर व्यवसायीलगायतले पनि एआईसी एशिया बैंकमै खाता खोल्ने गरेका थिए । सरकारी कार्यालयदेखि राम्रो व्यापार व्यवसाय गर्ने कम्पनीहरुले एनआईसी एशिया बैंकमा खाता खोल्ने भएकाले राम्रो जम्मा हुने गरेको थियो । त्यसरी जम्मा भएको निक्षेप बापतको रकम एनआईसी एशिया बैंकका सञ्चालक मारबाडीहरु भएकाले उनीहरुले सो पैसा विदेशमा लगानी गर्दै आएका थिए ।

एकातिर बचतकर्ताको पैसा विदेशमा पु¥याइएको छ अर्कोतिर देशका अधिकांश ठाउँमा जग्गामा लगानी गरिएको छ । त्यसरी जग्गामा लगानी गरिएको जग्गा बिक्री वितरण नहुने कारणले पनि बैंक घाटामा गएको हो । अर्कोतिर बैंकका कर्मचारीहरुको मिलेमतोमा कमसल धितो राखेर दिएको ऋण नउठेको कारणले पनि एनआईसी एशिया बैंक डुबेको हो । ब्यापक रुपमा खराब कर्जा बढेपछि देशैभर खोलिएका शाखा कार्यालयहरु धमाधम बन्द हुँदै गएका छन् । शाखा कार्यालय नै बन्द गरेर बैंक भागेपछि त्यस क्षेत्रका सर्वसाधारणको पैसा पनि डुब्ने देखिन्छ । सञ्चारमाध्यममा एनआईसी एशिया बैंक डुब्दै भन्ने समाचार प्रकाशित भएपछि निक्षेपकर्ताहरुले देशैभरका शाखा कार्यालयबाट आफ्नो पैसा निकाल्न थालेका छन् ।

एक्कासी बचतकर्ताले ठूलो मात्रामा पैसा निकालेपछि बैंक टाटपल्टिने निश्चित जस्तै भएको छ । उता बैंकले भने आफ्नो कालाकर्तुत लुकाउन र समाचार सामसुम पार्न केही ठूला दैनिक पत्रिका र आफूलाई जान्नेसुन्ने दावी गर्ने केही अनलाइन मिडियाहरुलाई विज्ञप्तिको नाममा विज्ञापन दिइएको छ । बैंकले पत्रकारहरुको मुखमा जति बुझो लगाउन खोजेपनि निक्षेपकर्ताले त्यो पत्याउनेवाला छैनन् । देशैभरि शाखा सञ्जाल भएको बैंक एनआईसी एशिया यति छिट्टै धरासायी हुनुमा बैंकका कर्मचारीकै ठूलो हात छ ।

एनआईसी एशिया बैंकका विभिन्न शाखा प्रमुखहरुले कमिसन खाएर नक्कली लालपुर्जामा समेत ऋण प्रवाह गरेका थिए । त्योसँगै चिनेजानेका, आफन्त, नातागोता र प्रेमी, प्रेमिकाहरुलाई समेत कमसल धितोमा ऋण प्रवाह गर्दै आएको थियो । अर्कोतिर सर्वसाधारणलाई दिइने ऋणमा पनि कमिसन खाने र धितो लिलामीको म्याद नसकिँदै लिलामी गरिदिने गरेर ठग्दै आएको थियो । एनआईसी एशिया बैंक भित्रभित्रै टाटपल्टिँदै गए तापनि बाहिरी रुपमा अझै ठगी गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *