खानेपानी सचिव सुरेश आचार्यको मनोमानी

राजनीति समाचार

काठमाडौं । कर्मचारीमा नैतिकताको खडेरी लाग्दै गएपछि यो भन्दा ठूलो अपेक्षा राख्न सकिन्छ नै के ? शहरी विकास मन्त्रालयमा हुँदा मन्त्रालयकै बजेटबाट हाम्रो मौलिक शहर एल्वम निकाले । खानेपानीमा पुगे केयुकेएलको बजेटबाट जहाँ छ शुद्ध जल बोलको गीत गाए । आफ्नो गायन रहर पूरा गरे । लाखौं सरकारी बजेट खर्चेर बनाएको उक्त भिडियो हेर्नैको संख्या पाँच सय पनि पुग्दैनन्,यो भन्दा लज्जाजनक अरु के होला ? उनका गीतमा महेश खड्काजस्ता संगीतकारले संगीत भरेका छन् । यस्ता चतुर खेलाडी सुरेश अचार्यले गरेको गम्भीर बदमासी सार्वजनिक भएको छ ।

उनै आचार्य मन्त्रिपरिषदबाट स्वीकृति नै नलिइ विदेश भ्रमण गरी फर्किएको भेटिएको हो । काँग्रेस निकट त्यसमा पनि कृष्ण सिटौलाको फेरो समाउँदै आएका यी सचिवलाई सीता गुरुङ्गले रुचाइनन् र त्यहाँबाट खेदेर राष्ट्रिय सतर्कता केन्द्रमा पु-याए । सतर्कता केन्द्रबाट खानेपानीमा आइपुगेका उनै सुरेश अचार्यले क्याविनेटबाट भ्रण्मा स्वीकृत नगराई विदेश पुगेर फर्किएको विवरण सार्वजनिक भएको छ । एउटा कार्यालयबाट अर्काे कार्यालयमा जाँदा बुझबुझारथ सामान्य प्रक्रिया हो तर शहरीबाट सरुवा भएर खानेपानीमा पुगेका सचिव सुरेश आचार्यले अझैंसम्म पनि ९३५२ नम्बरको शहरीको फर्चुन गाडी फिर्ता गरेका छैनन् ।

उनै आचार्य उडिसाको एउटा कार्यक्रममा पुगेर फर्किएको बिषय अहिले सार्वजनिक भएको हो । गत माघ ३ गते भारतको उडिसा प्रदेश सरकारले आयोजना गरेको युएन हेबिट्यासले आयोजना गरेको कार्यक्रममा कर्मचारीको कोटा खोसेर मन्त्री महेन्द्रराय यादवका छोरा सुनिल यादव कर्मचारीको कोटामा भारत पुगेका थिए । उनीसहित सो कार्यक्रममा भाग लिएर खनेपानी सचिव सुरेश आचार्य, सहसचिवहरु मीना श्रेष्ठ, अर्जुन गौतम, खानेपानी तथा ढल व्यवस्थापान विभागका महानिर्देशक कमलराज श्रेष्ठ, सीडीईहरू रवीन्द्र पोखरेल र रतिश ओझाहरु पुगेर स्वदेश फर्किएका हुन ।

यो कार्यक्रममा जानका लागि सचिवले मन्त्रिपरिषद्बाट स्वीकृत गराउनु पर्नेमा त्यसो नगरी मुख्य सचिव बैकुण्ठ अर्यालबाट चार दिनको बिदा स्वीकृत गराएर उडिसास्थित उक्त कार्यक्रममा पुगेर फर्किएको बिषय अहिले सार्वजनिक भएको हो । आचार्य मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर अन्तर्राष्ट्रिय निकायद्वारा आयोजित कार्यक्रममा सरकारी टोलीको नेतृत्व गरेर फर्किएका हुन । गत माघ ४ देखि ६ गतेसम्म यूएन हेबिट्याटले प्रायोजन तथा ओडिसा प्रान्त सरकारले आयोजना गरेको ’इनक्लुसिभ डिसेन्ट्रलाइज्ड सेनिटेसन एन्ड अर्बन ट्रान्सफर्मेसन’ कार्यक्रममा सचिव आचार्यले सरकारी टोलीको नेतृत्व गरेका थिए ।

आचार्य तीन दिनसम्मको सेमिनारमा सहभागी थिए । कुनै पनि कर्मचारीले सरकारी टोलीको नेतृत्व गर्दै विदेश भ्रमणमा जान मन्त्रिपरिषदबाट स्वीकृति लिनुपर्छ । तर मन्त्रीस्तरीय निर्णय नगराई मुख्यसचिवबाट घर बिदा लिएर सचिव आचार्य भारतको उडिसा राज्यमा पुगेर तीन दिन कार्यक्रममा सहभागिता जनाएर फर्किएको बिषयलाई पूर्व प्रशासकहरुले गम्भीर राष्ट्रघात भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *