काठमाडौं । संसदीय अभ्यासमा पारंगत ठानिएका कांग्रेस र नेकपा एमालेमा जागेको व्यक्ति पुजाको रोगले माओवादी पनि आक्रान्त छ । नेकपा एमालेमा अध्यक्ष केपी ओली सर्वेसर्वाे हुन् । ओलीले बोलेका कुरा मात्र त्यहाँ लागू हुन्छन् । ओलीलाई मन पर्नासाथ देशहित र जनताको पक्षका काम पनि कार्यान्वयन हुँदैनन् । ओलीको हेपाहा चरित्रका कारण माधव, झलनाथले नेकपा एकीकृत समाजवादी बनाए ।
उनीहरुसँगै लागेका ओलीको दमनमा परेका रघुजी पन्थ, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, शेरबहदाुर तामाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीसम्मका नेता नयाँ पार्टीमा एमालेको जस्तो तडकभडक र फर्माइस नहुने भएर माधवलाई छाडेर फर्किए ।
एमालेमा जस्तै मपाइँवादको चक्कर माओवादीमा पनि छ । माओवादीमा पार्टीको अध्यक्ष सर्वसम्मत हुन्छन् । जनवर्गी संगठनहरुमा अध्यक्ष सर्वसम्वत बनाइन्छ । तर अन्य पदमा को को परे सचिवालय कस्तो भयो, कार्यक्रम कस्तो बनायो, त्यसको पत्तो हुँदैन । विद्यार्थी, पत्रकार, युवा समूह, महिला संगठनहरुको नेतृत्व चयनमा देखिएको त्यही छ । योग्यतै नपुगेपनि त्रिभुवन विश्व विद्यालय अन्तर्गत क्यापसमा देखिने र संगठनको नेता बन्ने जाली काम धेरैका हुन्छन् । क्याम्पसमा राजनीति गर्नको लागि पनि यस्ता धन्दामा अखिल र नेविसंघ खडा छन् । माओवादी अखिलको अध्यक्ष पञ्चा सिंहको हालत पनि त्यही हो ।
यो समयमा माओवादीले विधान सम्मेलन गरेर देशको ध्यान खिच्यो । अब पार्टीको केन्द्रीय नेतृत्व मात्र होइन, जिल्ला, वडा, नगर, प्रदेशसम्मको नेतृत्वमा पुग्न चुनावमा प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । माओवादी पार्टी सरकारमा भएपनि समाजको तल्लो तह, गरिब जनताको हितमा झन् माओवादीले काम नै गरेन । प्रधानमन्त्री र गृहमन्त्री एउटै पार्टीका अध्यक्ष र उपाध्यक्ष छन् ।
पार्टीको बिग्रँदो अवस्थाको चिन्ता हुँदैन बरु गुटको चिन्ता छ । अहिले एकताको लहर छ । मोहन वैद्य चुप छन् तर डा.बाबुराम भट्टराई माओवादी फर्कनु र नफर्कनुको राजनीतिक उतारचढावमा छन् । किनकि उनी पनि सानो घेरामा रमाउने आँफै मात्र जान्ने केपी ओलीको शिकार हुन् । तर प्रधानमन्त्री प्रचण्डमा त्यो ओली प्रवृत्तिका होइनन् । प्रचण्डलाई घेराउमा पार्न धनकुवेरहरु त्यहाँ धेरै छन् । तिनकै साथले प्रचण्डका दुई छोरी र बुहारीका बंगला बनेका हुन् । मुखले सर्वहारा कुरा वर्गीय, व्यवहार नवसामन्त माओवादीको रोग हो ।
कांग्रेसले महासमिति बैठकबाट वामपन्थी शक्तिमाथि प्रहार गर्न छोडेन । आर्थिक रुपमा कांग्रेस जसरी बद्नाम छ, त्यो बद्नाम कमाउन हिजो एमाले सफल थियो । आजको एमाले २०५४ सालको जस्तो राष्ट्र र राष्ट्रियतमा बहस गर्दैन । एमालेले पुष्पलाल लोकमार्गको लंका मार्च चलायो । त्यो मार्चले संकलन गरेको जनताको गुनासो र समस्यामा परेको सरकारलाई बुझाएर खबरदारी गर्दैछभने वामपन्थी विभाजनबाट बनेको गठबन्धनमा सरिक भएर ठूलो पार्टी भएको कांग्रेस ४ वर्षपछिको आम निर्वाचनको लागि आजैदेखि होहल्ला मच्चाएर संस्थापन पक्षको सत्ता लम्पट व्यवहारमाथि प्रहार गर्दैछ । जनतासँग जोडिएका समस्यामा कोही कसैले चिन्ता जाहेर गर्ने र खबरदारी गर्ने काम भएको छैन ।