डा.आरजुका कारण कर्मचारी आतंकित

राजनीति समाचार

काठमाडौं । पछिल्लो समय आरजु राणाबाटलाई रिझाउन नसक्ने कर्मचारीहरु कतिसम्म पीडित छन् भन्ने उदाहरण खोज्न टाढा जान पर्दैन,सिंहदरबारका केही सचिव तथा सहसचिवहरुलाई सोध खोज गरे पुग्छ । सहसचिव प्रकाश पौडेलले त खुलेआम पैसा बुझाउन नसक्दा थमौती भएन भनेकै हुन । झलकराम अधिकारीहरु उसैगरी टिपिए र सुपारी काण्डपछि फालिएकै हुन । त्यही घानमा मुछिएका अर्काे सचिव छन्,केवल भण्डारीदेखि अर्जुन पोखरेलहरु उदाहरण हुन ।

आरजुकै छत्र छायाँ पाउँदा बदनामी कमाएका कृष्णहरि पुष्कर सहसचिवबाट सचिवमा उक्लेर पनि प्रदेशमा जानु परेन । पहिलो पोष्टिङ नै अर्थमा पाए । घुमिफिरी अर्थमै बसेर रजाई गरिरहेका छन् । आरजुकै आड र भरोसा पाएका मुकुन्द निरौलाले उद्योग मन्त्रालयलाई काँग्रेसको पार्टी कार्यालयजस्तो बनाएका छन् । उनलाई भेट्न पुग्नेहरु अधिकांश जय नेपाल दाई,जय नेपाल भाई भन्नेमात्र भेटिन्छन् । आरजु राणाकै लखेटाईमा परेका केवल भण्डारी अहिले श्रम सचिव छन् । भण्डारी अर्थ मन्त्रालयको बजेट महाशाखामा कार्यरत थिए ।

त्यही समय राप्रपाको राजनीति गर्दै आएकी आरजुकी आमा प्रतिभा राणा कांग्रेसको कोटाबाट जापानका लागि नेपाली राजदूत थिइन् । टोकियोमा रहेकी आफ्नी आमाका लागि आरजुले मन्त्रालयमा गाडी किन्न माग गरिन् । भण्डारीले गाडी किन्ने बजेट दिन मानेनन् । यसको मूल्य भण्डारीलाई चर्को प¥यो । सुरुमा उनको कर्णालीमा सरुवा गरियो । भण्डारीपछि सचिवमा पदोन्नति भए । तर साढे चार बर्षसम्म मन्त्रालयको अनुसार देख्न पाएनन् । अर्थमा राम्रो सम्भावना र क्षमता देखाएका भण्डारी नेतृत्व रिझाउन नसकेकै कारण अवसरबाट वञ्चित बनाइयो उनलाई कारण थियो आरजु राणालाई रिझाउन नसक्नु ।

यता पछिल्लो समय हुने सरकारी नियुक्तिदेखि कर्मचारी सरुवामा समेत आरजुको अस्वभाविक चासो देखिन्छ । त्यही शक्तिकेन्द्र हाबी हुँदा भन्सारविभागबाट मधेश प्रदेश अर्थ मन्त्रालयमा सरुवा भएका शेवन्तक पोखरेल अर्थमै टिकिरहन सफल भएका छन । उनलाई त्रिवि भन्सारमा पठाइएको भए पनि त्यहाँ जानु परेको छैन । आरजुकै आर्शिवाद भएका कारण गोपाल कोइराला र मीमास अधिकारीलाई प्रदेशमा नखटाई अर्थमै टिकाइराख्न खोजिएको छ ।

त्यही कारण ४० सहसचिवको सरुवा नै भाडिन पुगेको छ । कर्मचारीको सरुवामा आरजुको अस्वभाविक देखिने चासो देखि राजनीतिक नियुक्तिमा समेत आरजु नै हाबी हुने गरेको देखिन्छ । त्यस्को पछिल्लो उदाहरण आयल निगममा नियुक्त भएका चण्डि भट्ट उदाहरण हुन । अहिले भागेर सिंगापुर पुगेका प्रदीप अधिकारीको नियुक्तिमा पनि करोडौं उठाएको चर्चा सेलाएको छैन । आरजु दाहिना नभएको भए प्रदीप अधिकारी त्यहाँ नियुक्ति हुने सम्भवना थिएन भन्छन्,जानकारहरु । १२औं तहका प्रेमनाथ ठाकुर, भोला गुरागाईं, प्रतापबाबु तिवारी र देवचन्द्रलाल कर्णलाई पछि पार्दै ११ औं तहका अधिकारी महानिर्देशक नियुक्त भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको साढे ३ अर्ब भ्रष्टाचारको मुद्धा विशेषमा लैजाने तयारी गरिरहँदा अधिकारी कसैलाई थाहा नदिई सिंगापुर पुगेका छन् । यस्का अलवा निर्वाचन आयोगमा नियुक्त भएका एक जना स्याङ्जाली पूर्व सचिव,लोकसेवा आयोगमा नियुक्ती खाएका झापाली पूर्व सचिवदेखि अख्तियारका आयुक्त जयबहादुर चन्दसमेत,राजदूत नियुक्तिसम्मलाई उदाहरणका रुपमा लिन सकिन्छ ।

पहिला सम्पत्ति शुद्धीकरण विभागमा आफू अनुकुलको मान्छे फिट गरेर सूचीमा नाम हुनेहरू सबैलाई फोन नै गरेर ‘पैसा बुझाउने भए बुझाऊ, नत्र फाइल अघि बढ्छ’ भन्दै थर्काउने गरेको आरोप उनको भाइ भूषण माथि । जानकारका भनाइमा हरेक ठूल्ठूला ठेक्कापट्टा र राजनीतिक नियुक्तिमा आरजु नै हाबी हुँदै आएकी छिन् । यस्को अर्काै उदाहरण त नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढाउने प्रहरी अधिकारीहरुलाई हठात गरिएको सरुवालाई समेत मान्न सकिन्छ,त्यो स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *