एआईजी गौतमको फुइँ !

राजनीति समाचार

काठमाडौं । मौका पाउँदा नछाड्ने, अरुलाई शिक्षा दिने सशस्त्र प्रहरीका एआईजी चन्द्रप्रकाश गौतमका कारण सशस्त्र प्रहरभित्र आक्रोश र असन्तुष्टि बढेको छ । गौतम जहाँ गए, त्यहाँ विवाद चर्काउने र तल्लो तहका अधिकृत तथा जवानहरुलाई हेप्ने चलन चलाए । आफु सेनाबाट आएको भन्दै सेनाभित्रको शोषण र दमनको प्रसंग चलाउने गौतम अहिले प्रशासनको प्रमुख छन् ।

नारायण दत्त पौडेल हुँदा विवाद थिएन । सशस्त्रको विभाग जोसुकैले चलाए पनि आईजीपीको स्वीकृति बिना सरुवा बढुवा सिफारिस हुँदैन । तर गौतम प्रशासनमा आएपछि सरुवा गर्दा टिम नै सरुवा गर्न हतार गर्दा कतिपय निरीक्षक र डिएसपीले गौतमलाई झपारेका छन् । प्रदेशका डिआईजीसँग क्षेत्रगत बिओपीको सरुवा गर्दा परामर्श लिनुपर्नेमा एआईजी गौतमले आफुखुसी गर्दा सचिवालयको टिमले मिलाएको थियो । उनी सिमा प्रमुख हुँदा जिल्ला दौडाहामा अनुगमनमा जाँदा पनि भद्दा प्रवृत्ति नै देखाउँदा आईजीपीसम्म सिकायत पुगेकै हो । आफ्नै सहयात्री एसपीदेखिको ब्याजी एआईजीको दम्भ र घमण्डप्रति कडिकडाउ गर्ने कुरा भएन ।

आईजीपी राजु अर्याल आफु बरु आफ्नै पदावधि घटाएर ३ वर्ष बनाउन खोजेका छन् । तर झापाका चन्द्रप्रकाश गौतम र वंशी दाहालको काग बाठो हुँदा के आची खान्छ भन्ने उखानजस्तै भएको छ । एआईजी वंशी दाहाल अहिले कार्यविभागमा छन् । उनी हालै भारतमा छोराको रेखदेख गर्न जाँदा भारतीय फौजका समकक्षीसँग संगठनको स्वीकृति नलिई भेटेको विषय चर्चामा छ ।

सेना, प्रहरी र सशस्त्र प्रहरीको कुनै पनि हाकिमलाई देशी होस् वा विदेशी कसैलाई भेट्न सहज छैन । नियमको कुरा कार्यान्वयन नगर्ने नेताका घर धाउनेहरु बढी रहँदा फौजमा अराजकता प्रवेश गरेको हो । एआईजी गौतम र दाहाल एमाले सत्तासीन भएको बेला संगठनमा वरिष्ठता कार्यक्षमतामा अब्बल हुनेलाई पाखा पारेर चलखेल गर्ने हाकिम भनेर फौजभित्र चर्चा छ । उनीहरु एमालेका अध्यक्षसँगको सम्पर्क सुत्र पनि भएको बताइन्छ ।

कांग्रेसले गृहमन्त्री लिनासाथ सशस्त्रमा आतंक मच्चाउने गिरोह बाटो पर्खेको छ । भानु देउवाका नाताले ज्वाइँ दिपेन्द्र कुँवर डिआईजी हुने धुनमा छन् । यिनको टिमका एसएसपीहरु प्रबन्ध शाखा, कानून शाखा, लेखा शाखामा हालीमुहाली गर्दैछन् । प्रबन्धको नाइके नै एसएसपी सन्दीप भण्डारी हुन् । उनको टिम भित्र लेखाका डिएसपी गणेश मल्ल, महेन्द्र हमालहरु अगाडि छन् । यिनीहरु सुदूरपश्चिमकै हुन् । मल्ल केन्द्रीय लेखाबाट अस्पताल पुगेका छन् भने हमाल कल्याण शाखामा छन् । यी महाशाखा भनेका प्रशासनको मातहत रहेपनि एआईजी गौतमको घमण्डबाट टाढा भएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *