सानिमा रिलायन्स बागलुङ शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले धौलागिरी बहुमुखी क्याम्पस बागलुङमा बीमा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बीमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो ।

कार्यक्रममा बीमा क्षेत्रको सम्भावना, जीवन बीमा गर्नुको फाइदा, बीमा क्षेत्रमा भएका अवसर लगायतका बिषयमा सहजिकरण गरिएको थियो ।

सो अवसरमा धौलागिरी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धुर्वराज गौतम, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रवन्धक प्रेमप्रसाद ढकाल र मिना जिसीको उपस्थिति रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *