नेपाल इन्भेष्टमेन्ट बैंकको अर्बाैं डुब्दै

अर्थ/वाणिज्य समाचार

कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको अभियोगमा माधव नेपालको समेत नातेदार रहेका तत्कालीन सेञ्चुरी कर्मसियल बैकको सिइओ मनोज न्यौपानेसहित १० जनालाई पक्राउ ग¥र्यो तर यही र यस्तै प्रकरणमा ज्ञानेन्द्र ढुङ्गनाहरुका दर्जनौं बदमासी यस अघि नै छरपष्ट भएको हो । ढुङ्गना तत्कालीन एनबी बैंकको सिइओ हुँदा कमसल धितोमा करोडौं कर्जा प्रवाह गरेर बदमासीमा मुछिए ।

तर तिनै सिइओले नेपाल प्रहरीका उत्कृष्ट कर्मचारीलाई मासिक रुपमा पुरस्कारको प्रायोजन ग¥र्यो र उस्को गल्तीमा प्रहरीले पनि आँखा चिम्लदै आएको थियो । ढुङ्गना अहिले मारवाडी व्यापारी विनोद चौधरीको नबिल बैंकको सिइओको कुर्सीमा छन् । प्रभुका डेपुटी सिइओ मनोजसहित तत्कालीन सिइओ तुल्सी गौतमहरुलाई सिआइबीले पक्राउ गरे पछि नबिल बैंककै डेपुटी सिइओ मनोज ज्ञवालीहरुको निद गायब भएको छ । उनले कर्जा प्रवाहकै आधारमा कर्मचारी समाउँदै जाने हो भने बैकका कोही कर्मचारी बाँकी रहँदैनन्,भन्न भ्याइसकेका छन् । यस्तै प्रकरण नेपाल इन्भेष्टमेन्ट बैंकमा समेत देखिएको छ ।

राज्यलाई तिर्नुपर्ने अर्बाै राजश्व नतिरेर कर छलीमा मुछिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकले समेत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको बिषय फेला परेको छ । सतिशलाल अचार्यसँगको व्यक्तिगत सम्बन्धकै आधारमा नेपाल इन्भेष्टमेन्ट बैंकसहितका बैंकले स्मार्ट टेलिकमका नाममा ३० अर्ब कर्जा प्रवाह गरेको र उक्त रकम जोखिममा परेको छ सामान्य सुरक्षणको ग्यारेन्टीसमेत नलिएर ऋण दिएको भेटिएको हो । यसरी स्मार्ट टेलिकमका नाममा नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक अर्बाै ऋृण प्रवाह गरेको भेटिएको हो ।

स्मार्ट टेलिकमको यो खराब ऋण प्रवाहमा कयौँ कमजोरी तथा नियमकीय विचलन देखिएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले जनाएका छन । एनसेलका लगानीकर्ता मानिएका सतिशलाललाई आँखा चिम्लेर नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओ र अध्यक्षहरुले विनाधितो ऋृण प्रवाह गरेको बिषयमा नेपाल राष्ट्रबैंकले कैफियत भनेको छ । राष्ट्रबैंकको उक्त स्रोतका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकले सतिशलाल आचार्यको लकरलाई अघोषित धितोका रुपमा राखेर कर्जा प्रवाह गरेको थियो । यस्का अलवा बैंकले स्मार्ट टेलिकम प्रालिलाई १५ करोडको धितो लिएर १ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ कर्जा दिएको भेटिएको छ ।

स्मार्ट टेलिकमै डुबे पछि इन्भेष्टमेन्ट बैंकको १ अर्ब ५० करोड (व्याजसहित) रकम डुब्ने स्थितिमा पुगेका छ कारण स्मार्टको लाइसेन्स खारेज भइसकेको छ । यसरी कमसल धितोकै प्रवाहकै आधारमा बैंकका कर्मचारीलाई पक्राउ गर्ने हो भने काठमाडौंको १५ करोड बराबरको जग्गा धितो राखेर अर्बाै ऋृण दिने इन्भेष्टमेन्ट बैंकका सञ्चालक तथा कर्मचारीलाई किन कारवाही भइरहेको छैन ?स्मरण रहोस,इन्भेष्टमेन्ट बैंकले मेलम्ची परियोजनाका नाममा प्रवाह गरेको रकम समेत यसैगरी डुब्ने स्थितिमा पुगेको थियो । उसो त यो बैंकका पदाधिकारीहरु उपर २ अर्बभन्दा बढी राजश्व तिर्न अटेरी गरेको बिषयमा हामीले नै पटक पटक समाचार प्रकाशन गरेका थियौं ।

पछि सर्वाेच्च अदालतले उक्त रकम तिर्न बाध्य पारेको थियो । अर्काेतिर राजनीतिक शक्ति केन्द्रको आडमा अनेकन बदमासी गरेर उन्मुक्ति पाउँदै आएका पृथ्वीबहादुर पाँडे र ज्योती पाण्डेहरुको समूहलाई ठमेलको ऐतिहासिक कमलपोखरी माँसेर छायाँ सेन्टर ठड्याएको बिषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान अगाडि बढाएको छ । सरकारी जग्गा हडपेर छायाँ सेन्टर ठड्याउने हाइप्रोफाइलवाला व्यापारीहरुको बिषयमा हामीले केही हप्ता अघि सप्रमाण समाचार प्रकाशन गरेसँगै सिआइबीको नजर सरकारी जग्गा मासेर छायाँ सेन्टर ठडाउने भूमाफियाहरुमा परेको छ ।

पछिल्लो समय ललिता निवास,बाँसबारी जग्गा,टिकापुरको सरकारी जग्गा खाने भूमाफियाहरुविरुद्ध एक्सन लिइरहेको प्रहरीले काठमाडौंकै मुटु ठमेलमा सरकारी जग्गा मासेर छाया सेन्टर चलाउने माफियाहरुको खोज अनुसन्धान अगाडि बढाए पछि पाडेका ज्वाई ससुरा शक्तिकेन्द्रको दैलो धाउन थालेका छन् । पाँडेहरुले यस अघि २ अर्ब बढी राजश्व नतिर्नका लागि राजश्व अनुसन्धान विभागकै डिजी सरुवा गर्नेका लागि प्रचण्डको दैलो धाएको भए पनि उक्त योजना सर्वाेच्च अदालतले बिफल बनाइदिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *