मन्त्री पद जाँदा पनि भण्डारी विदेशमै

राजनीति समाचार

काठमाडौं । सरकार बनेको एक वर्ष नाघिसक्दा पनि बेरोजगारीको समस्या ज्यूँकात्यू रहेको थियो । त्यसको समाधान गर्नको लागि कुनै पहल गरिएको थिएन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न नसकेपछि पढेलेखेका दक्ष युवा, युवतीहरु विदेशिन वाध्य थिय । अन्तर्राष्ट्रिय विमानस्थलमा दिनप्रतिदिन विदेश जानेको लर्को लागिरहेको छ ।

विदेश जानेका आफन्त र पठाउने विचौलियको भीडले अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिन्छ । तत्कालीन श्रम तथा रोजगारमन्त्री शदरसिंह भण्डारीले युवाहरुलाई नेपालमै रोजगारी सिर्जना गराउने विषयमा कुनै पहल कदमी गरेका थिएनन् । दक्ष जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाएर आर्थिक उन्नतितिर लाग्नुपर्नेमा त्यो नगरी मन्त्री भण्डारी उल्टै विभन्न नयाँ देशहरुमा श्रम सम्झौता गर्ने नाममा विदेश घुमेर रमाइरहेका थिए । उता, कालो सूचीमा राखिएका मेनपावर कम्पनीहरुलाई फुकुवा गरेर मोटो रकम असुली गरेका थिए । त्योसँगै मन्त्री भण्डारीले सरकारी सेवासुविधामा निर्जला राउतलाई विदेश घुमाउने गरेको पाइन्छ ।

मन्त्री भण्डारीसँगै निर्जला राउत विदेश घुमिरहेकी हुन्थिन् । निर्जला राउत मन्त्री भण्डारीकी आफन्त हुन् कि सहयोगी हुन् भन्ने प्रष्ट नभएको समाचार स्रोत बताउँछ । तर, मन्त्री भण्डारी विदेश जाँदा सधैं निर्जला पनि जाने गरेको बताइन्छ । देशमा बेरोजगारी बढिरहेको र युवा जनशक्ति विदेशिइरहेको बेला थोरै भएपनि रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा उल्टै नयाँ श्रमसम्झौताको नाममा विदेश घुमिरहेका हुन्थे । १७÷१८ पटकसम्म मन्त्री भएर विभिन्न मन्त्रालयको अनुभव बटुलिसकेका भण्डारीले थोरै भएपनि नेपालीलाई रोजगारी सिर्जना गर्न कुनै पहल गरेनन् । यता भण्डारीको मन्त्री पद खुस्किसकेको छ तर उनी अझै दुबई भ्रमणमा रमाइरहेका छन् ।

मन्त्रीको मात्रै जागिर गएको छैन, श्रम सचिव केवल भण्डारीको पनि जागिरे अवधि समाप्त हुँदै छ । सचिव भण्डारीको जागिर आगामी चैत्र ११ गते सकिँदै छ । आफ्नो जागिरे अवधि छोटिँदै जाँदा सचिव भण्डारी काम होइन, कमाउधन्दातिर व्यस्त छन् । मन्त्री भण्डारीले एकनारायण अर्याललाई हटाएर केवल भण्डारीलाई ल्याएका थिए । मन्त्री र सचिव भण्डारीले कमाउधन्दा चलाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *